
सुनसरी, १२ जेठ – जीवन विकास लघुवित्तको सेवा केन्द्र धरानका कर्मचारी शम्भु गच्छदारले आफूलाई गोली हानी ३ लाख रुपैयाँ लुटिएको दाबी गरेका छन् ।
धरान–५ साउनेमा लघुवित्तको पैसा लैजाँदै गर्दा नचिनेका मानिसले गोली हानी पैसा लुटेको गच्छदारले बताएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
गच्छदारको कुहिनो र कम्मरमा चोट लागेको भए पनि गोली हानिएको र रकम लुटिएकोबारे अहिल्यै भन्न नसकिने उनले बताए । प्रहरी उपरीक्षक अधिकारीसहितको प्रहरी टोली घटनास्थलतर्फ गैरहेको छ ।