काठमाण्डु, २४ जेठ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष एवम् नेपाल वायुसेवा निगमका जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित् गरेकोमा कडा आपत्ति जनाएका छन् । उनले नेपाल र जापान दुवै देशका...
लखनउ, २४ जेठ – भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी...
काठमाण्डु, २४ जेठ – नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाले धनुषा, सिन्धुली, सिराहालगायतका जिल्ला आसपासका क्षेत्रमा हावाहुरीको सक्रियता बढ्दै गएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार नेपाल मौसम पूर्वानुमान महाशाखाले ट्विट गर्दै धनुषा, सिन्धुली, सिराहा आसपासमा मेघ गर्जन र वर्षा सुरु भएको उल्लेख...
काठमाण्डु, २४ जेठ – भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतलेई रिहा गर्न आदेश दिएको छ । भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका शाहीले गालीगलोज गर्दै पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भनेका थिए । त्यसपछि सुर्खेतका पत्रकारहरुको उजुरीका आधारमा...
काठमाण्डु, २४ जेठ — सरकारले लोदर्शन रेग्मीलाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ । रेग्मीलाई मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको अष्ट्रेलियाको राजदूत पदमा सिफारिस गरेसँगै मूख्यसचिवबाट स्वतः हट्ने भएका हुन् । तत्कालिन राजदूत लक्की शेर्पा मानव तस्करीमा मुछिएर सरकारले फिर्ता बोलाएपछि अष्ट्रेलियाको राजदूत पद खाली थियो...
काठमाण्डु, २४ जेठ — पछिल्लाे समय चर्चामा आएको गीत ‘गलबन्दी’ का गायक प्रकाश सपुतलाई आईजीपी सर्वेन्द्र खनालले फोन गरेर राम्रो र मौलिक गीत प्रस्तुत गरेको भन्दै बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएका छन् । प्रकाशले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यो कुराको जानकारी...
काठमाण्डु, २४ जेठ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताएका छन् । मन्त्री यादवले घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले ५ करोडभन्दा बढि लगानी भएको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको पनि...
लन्डन, २४ जेठ — बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गरेकी छन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको...
लहान, २४ जेठ – लामो समयदेखि नवीकरण नगराएका स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको...
काठमाण्डु, २४ जेठ – महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न गोली चलाएको छ । बौद्धको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको हो । प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी...
काठमाण्डु, २४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घर–घरमा गएर रोजगारी दिने बताएका छन् । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले बेरोजगारलाई घर–घरमा पुगेर रोजगारी दिने आश्वासन दिएका हुन् । उनले ४० लाख नेपाली युवालाई आफ्नो नेतृत्वको सरकारले विदेश...
काठमाण्डु, २४ जेठ – सरकारले आइतबार काठमाण्डु उपत्यकामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर आइतबार रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक विदा हुने जानकारी गराएको हो । सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्षेनी विदा दिँदै आएको छ । मछिन्द्रनाथको भोटो...