
काठमाण्डु, २४ जेठ – सरकारले आइतबार काठमाण्डु उपत्यकामा सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले विज्ञप्ति निकालेर आइतबार रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक विदा हुने जानकारी गराएको हो ।
सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्षेनी विदा दिँदै आएको छ । मछिन्द्रनाथको भोटो अवलोकन गर्न राष्ट्रपति जाने चलन छ ।