
काठमाण्डु, २४ जेठ – महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न गोली चलाएको छ । बौद्धको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको हो ।
प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।