धनुषा, सिन्धुली र सिराहामा भीषण हावाहुरी, सतर्क रहन आग्रह

काठमाण्डु टुडे २०७६ जेठ २४ गते १६:५८ मा प्रकाशित

काठमाण्डु, २४ जेठ – नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाले धनुषा, सिन्धुली, सिराहालगायतका जिल्ला आसपासका क्षेत्रमा हावाहुरीको सक्रियता बढ्दै गएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

शुक्रबार नेपाल मौसम पूर्वानुमान महाशाखाले ट्विट गर्दै धनुषा, सिन्धुली, सिराहा आसपासमा मेघ गर्जन र वर्षा सुरु भएको उल्लेख गरेको छ । ट्विटमा भनिएको छ, ‘यो प्रणालि थप मजवुत हुँदै हावाहुरीसहित पूर्वतिर सर्ने क्रममा रहेको देखिएकोले सतर्कता अपनाउन जरुरी देखिन्छ ।’

त्यस्तै महोत्तरी, ओखलढुंगा, सोलुखुम्बुलगायत पूर्वी क्षेत्रमा पनि हुरीसहित वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार शुक्रबार पूर्वी क्षेत्रमा ठूलो हावाहुरी आउने पूर्वानुमान गरिएको छ । हुरी विस्तारै उत्तर दक्षिणतर्फ पनि बढिरहेको मौसमविद् कडेँलले जानकारी दिइन् । यस्तै काठमाण्डु उपत्यकामा पनि यतिबेला मौसम बद्ली भएको छ ।

उपत्यकामा तत्काल हुरी चल्ने सम्भवना नभए पनि असर भने पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us