अभियन्ता ज्ञानेन्द्र शाही रिहा

काठमाण्डु टुडे २०७६ जेठ २४ गते १६:३२ मा प्रकाशित

काठमाण्डु, २४ जेठ – भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतलेई रिहा गर्न आदेश दिएको छ ।

भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका शाहीले गालीगलोज गर्दै पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भनेका थिए । त्यसपछि सुर्खेतका पत्रकारहरुको उजुरीका आधारमा शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको थियो ।

शाहीलाई पक्राउ गरेर काठमाण्डु ल्याइएपछि उनको तर्फबाट अधिवक्ता महेश डंगोलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।

प्रहरीले शाहीलाई सुर्खेतबाट पक्राउ गरी बसमा राखेर यातना दिँदै ल्याएको आरोप लागेको थियो । उनको केही दिन वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us