काठमाण्डु, १ असार – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउँदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आइतबार चितवनमा पत्रकारसँगको कुराकानी गर्दै उनले महाधिवेशन नियमित हुनुपर्ने बताए । पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढंगबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न...
काठमाण्डु, १ असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले गुठी विधेयकको विरोधमा भाडाका मान्छेले काठमाडौंको माइतीघर मण्डला घेराउ गर्ने गरेको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले भनिन्, ‘मण्डला घेर्न आएका छन् । ती भाडाका मान्छेको कुरा मानेर गुठी...
काठमाण्डु, १ असार – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराई यस्तो प्रस्ताव गरेका हुन् । उनले सत्तापक्षले गुठी विधेयक सम्बन्धित पक्षलाई बुझाउन नसकेको र बुझ्नु...
काठमाण्डु, १ असार – लोक सेवा आयोगको विज्ञापन रद्द गर्न संसद्को राज्य व्यवस्था समितिले दिएको निर्देशन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता राजाराम घिमिरेले आइतबार निवेदन दर्ता गर्दै राज्य व्यवस्था समितिको निर्णय खारेज गर्न माग गरेका हुन् । रिट निवेदनमा...
काठमाण्डु, १ असार – प्रहरीले ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ । काठमाण्डु प्रहरी परिसर, टेकुले विशेष अभियान सञ्चालन गरेर सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको हो । काठमाण्डु प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी...
एजेन्सी – विश्वकपको आइतबारको खेल अबको केही बेरमा सुरु हुन गइरहेको छ । आज चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्न गइरहेका छन् । इंग्ल्यान्डको मेनचेस्टर क्रिकेट रंगशालामा हुने गइरहेको यो प्रतिस्पर्धाको टस पाकिस्तानले जितेको छ । पाकिस्तानले टस जित्दै भारतलाई ब्याटिङको निम्तो दिएको छ...
काठमाण्डु, १ असार – लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताएका छन् । अध्यक्ष मैनालीले प्रदेश लोक सेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे । आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाण्डुमा आयोजित...
हङकङ, १ असार – न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । –सिन्ह्वा...
काठमाण्डु, १ असार – नेपाल भारत विद्युत व्यापार र देशको प्रसारण प्रणालीलाई सुधार गर्ने उदेश्यका साथ निर्माण भैरहेको ४ सय केभी सब–स्टेशन आउँदो पुसभित्र सम्पन्न हुने भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४००–२२० केभीको ढल्केबर सबस्टेशन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेशन हो...
काठमाण्डु, १ असार – नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले सगरमाथाको काखमा योग दिवस मनाएका छन् । नेपालस्थित भारतीय राजदूतावासले आइतबार ट्विट गर्दै सो कुरा जनाएको हो । भारतीय दूतावासले गरेको सो कार्यक्रममा प्रदेश नम्बर १ स्थित सोलुखुम्बु जिल्लाका महिला तथा युवा समूहका सदस्यहरु,...
काठमाण्डु, १ असार – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छिन् । लोकसेवा आयोगको ६९ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताएकी हुन्...
काठमाण्डु, १ असार – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले नेवा राज्य दिन्छु भन्नेहरूले नेवाहरूको गुठी खोस्न लागेको बताएका छन् । उनले गुठी नेपाली मौलिकता भएकाले त्यसमाथि प्रहार हुन नहुने बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद लिङ्देनले गुठी परम्परा किराँत कालबाट सुरु भएर लिच्छवी...