
काठमाण्डु, १ असार – नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले सगरमाथाको काखमा योग दिवस मनाएका छन् । नेपालस्थित भारतीय राजदूतावासले आइतबार ट्विट गर्दै सो कुरा जनाएको हो ।
भारतीय दूतावासले गरेको सो कार्यक्रममा प्रदेश नम्बर १ स्थित सोलुखुम्बु जिल्लाका महिला तथा युवा समूहका सदस्यहरु, खुम्जुङ्ग र खुन्दे खानेपानी व्यवस्थापन समिति, खुम्जुङ्ग र खुन्दे महिला तथा युवा समूह, सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारी, एभरेस्ट भ्यु होटलका कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको जनाइएको छ ।