विवादास्पद लोकसेवाको विज्ञापनबारे बोले उमेश मैनाली

काठमाण्डु टुडे २०७६ असार १ गते १५:०३ मा प्रकाशित

काठमाण्डु, १ असार – लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताएका छन् । अध्यक्ष मैनालीले प्रदेश लोक सेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे ।

आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले प्रदेश लोक सेवा आयोग गठन छिटो होस् भनेर आयोगले अभ्यास गरिरहेको सिद्धान्त, आधार र मापदण्डसम्बन्धि जानकारी संसदीय समितिमा पनि पेश गरिएको जानकारी दिए ।

अध्यक्ष मैनालीले नागरिकहरु र विशेष गरी युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत रहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us