शक्तिशाली भूकम्प गयो

काठमाण्डु टुडे २०७६ असार १ गते १५:०० मा प्रकाशित

हङकङ, १ असार – न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । –सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us