११ महिनामा सरकारले बाँड्यो साढे १५ करोड: पार्टी कार्यकर्तादेखि पूर्वराष्ट्रपतिसम्मले लिए पैसा

२०७६ असार १७ गते १६:०९

  काठमाण्डु, १७ असार-सरकारले चालु आर्थिक वर्षको ११ महिनामा झण्डै साढे १५ करोड रुपैयाँ बाँडेको छ । आर्थिक सहायता, उपचार खर्च र क्षतिपूर्ति शीर्षकमा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर सरकारले यो रकम वितरण गरेको छ । वितरण भएको १५ करोड ३९ लाख रुपैयाँ रकममध्ये केही...

मर्जका लागि राजी भए ठुला बैंक

२०७६ असार १७ गते १५:११

काठमाण्डु, १७ असार -नेपाल राष्ट्र बैंकको बैंकिङ नीति अनुरुप बैंकहरुको छाता संगठन बैंकर्स संघको मंगलबार बसेको बैठकले ठुला राष्ट्र बैंकको नीति अनुरुपनै मर्जमा जाने निर्णय गरेको बताएको छ । साथै दुई वटा महत्वपूर्ण निर्णय गर्दै संघले बैंकहरुलाई मर्जमा जान तयार हुन आग्रह गरेको छ...

राष्ट्रियसभा बैठक- तीन विधेयक टेबुल

२०७६ असार १७ गते १५:०५

काठमाण्डु, १७ असार-राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गर्नुभयो । ती विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत तेइसौँ संशोधन, विधेयक २०७६ रहेका छन् । बैठक शुरु हुनेबित्तिकै अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई...

विज्ञान पढ्ने छात्रालाई मासिक एक हजार छात्रवृत्ति

२०७६ असार १७ गते १४:२६

काठमाण्डु, १७ असार – कक्षा ११ मा विज्ञान विषयमा अधयन गने सबै छात्राहरुलाई प्रदेश ५ सरकारले मासिक एक हजारको दरले छात्रवृत्ति दिने बताएको छ। सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार विज्ञान विषयमा छात्राहरुको आकर्षण बढाउने उद्देश्यले छात्राहरुलाई हरेक महिना एक हजार नगद छात्रवृत्ति दिन...

प्रकाश दाहाललाई सम्झेर भावुक भइन् दिदी गंगा

२०७६ असार १७ गते १४:१३

काठमाण्डु, १७ असार-नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको ३८ औँ जन्मजयन्तीको अवसरमा भएको कार्याक्रममा प्रकाशकी दिदी गंगा दाहाल भावुक भइन् । प्रकाश दाहाल स्मृति प्रतिष्ठानले सभागृहमा गरेको कार्यक्रममा उनले आफ्ना भाइ प्रकाश असल र मिलनसार रहेको बताएकी हुन्...

शासकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल पछि परेको हो : प्रधानमन्त्री

२०७६ असार १७ गते १४:०१

काठमाण्डु, १७ असार- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम शक्तिको समुचित उपयोग हुने गरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन् । पोखरा विश्वविद्यालयको २० औं साधारण सभालाई मंगलबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई...

माधव नेपाल भन्छन्– सरकार अलोकप्रिय भयो

२०७६ असार १७ गते १३:४०

काठमाण्डु, १७ असार– सरकार नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली नेतृत्वको वर्तमान सरकार अलोकप्रिय बन्दै गएको आरोप लगाएका छन् । नेता नेपालले गल कार्यशैलीका कारण सरकार अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । सरकारका कारण पार्टीकै...

विश्वकप क्रिकेटमा श्रीलंकाद्वारा वेस्ट इन्डिज पराजित

२०७६ असार १७ गते १३:१७

  काठमाण्डु, १७ असार- एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ । इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा गएराति भएको खेलमा श्रीलंकाले वेष्ट इन्डिजलाई २३ रनले पराजित गरेको हो । योसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै राखेको छ । इङ्ल्यान्डको चेस्टरमा श्रीलंकाले दिएको...

सरकारी दमन नरोकिए सरकारको शक्तिशाली प्रतिरोध गर्ने – विप्लव

२०७६ असार १७ गते १२:४३

  काठमाण्डु, १७ असार-हिजो बिहानै देखि संखुवासभामा तनाव सुरु भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकार तीब्र दमनमा लागेको भन्दै शक्तिशाली प्रतिरोध गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति निकालेर प्रवक्ता प्रकाण्डले देशैभर ओली सरकारले राज्य आ८तंक मच्चाएको भन्दै पार्टीमाथिको...

२२० केजी गाँजा बरामद

२०७६ असार १७ गते १२:०९

काठमाण्डु, १७ असार- चितवनबाट प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले गए राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका-४ स्थित भवानीपुरमा ना४ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित २२० केजी गाँजा बरामद...

स्कुल बसले किचेर बालिकाको विभत्स हत्या

२०७६ असार १७ गते ११:४७

काठमाण्डु, १७ असार– काठमाण्डुको बूढानिलकण्ठमा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । नवज्ञानभूमि स्कुलको बसको ठकरबाट तीन वर्षीया बालिका सुदिप्ती परियारको ज्यान गएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएकी परियारको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । महानगरीय प्रहरी...

डेङ्गुको भाइरस सर्न नदिन लार्भा नष्ट गर्ने अभियान सञ्चालन हुने

२०७६ असार १७ गते ११:४६

काठमाण्डु, १७ असार- । कञ्चनपुरका सात नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान सञ्चालन हुने भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुन लागेको हो । दुई दिनभित्रै शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us