
काठमाण्डु, १७ असार– काठमाण्डुको बूढानिलकण्ठमा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
नवज्ञानभूमि स्कुलको बसको ठकरबाट तीन वर्षीया बालिका सुदिप्ती परियारको ज्यान गएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएकी परियारको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । महानगरीय प्रहरी परिसर काठमाण्डुका डिएसपी होबिन्द्र बोगटीका अनुसार ठक्कर दिने बसका चालक फरार छन् । चालकको खोजी भइरहेको र बस प्रहरी नियन्त्रणमा रहेको बोगटीले बताए ।
यसैबीच दोषीमाथि कारबाहीको माग गर्दै मृतकका आफन्त र स्थानीयले विद्यालयबाहिर प्रदर्शन गरेका कारण त्यहाँको वातावरण तनावपूर्ण बनेको छ । प्रदर्शनका कारण विद्यालयको पठनपाठन प्रभावित भएको छ ।