११ महिनामा सरकारले बाँड्यो साढे १५ करोड: पार्टी कार्यकर्तादेखि पूर्वराष्ट्रपतिसम्मले लिए पैसा

काठमाण्डु टुडे २०७६ असार १७ गते १६:०९ मा प्रकाशित

 

काठमाण्डु, १७ असार-सरकारले चालु आर्थिक वर्षको ११ महिनामा झण्डै साढे १५ करोड रुपैयाँ बाँडेको छ । आर्थिक सहायता, उपचार खर्च र क्षतिपूर्ति शीर्षकमा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर सरकारले यो रकम वितरण गरेको छ ।
वितरण भएको १५ करोड ३९ लाख रुपैयाँ रकममध्ये केही रकम पाउनैपर्ने व्यक्ति र संस्थाले पाए पनि धेरैजसो रकम भने पार्टीका कार्यकर्ता र संस्थाको नाममा वितरण भएको छ । सरकारले दिएको रकम पाउनेमा पार्टीका कार्यकर्ता, संस्थादेखि पूर्वमन्त्री र पूर्व सांसद रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us