
काठमाण्डु, १७ असार-नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको ३८ औँ जन्मजयन्तीको अवसरमा भएको कार्याक्रममा प्रकाशकी दिदी गंगा दाहाल भावुक भइन् ।
प्रकाश दाहाल स्मृति प्रतिष्ठानले सभागृहमा गरेको कार्यक्रममा उनले आफ्ना भाइ प्रकाश असल र मिलनसार रहेको बताएकी हुन् । उनले भनिन्, प्रिय भाइ गुमाउनु पर्दा हामी मर्माहित भएका छौँ । आठजनासहित उनले सगरमाथा आरोहण गरेका थिए । तर ३६ वर्षमै निधन भयो ।’ प्रकाशको भूमिका अहिले पनि सान्दर्भिक रहेको उनले बताइन् ।