आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने कांग्रेसको निर्णय

२०७९ पुष ३ गते १६:४०

काठमाण्डु,३ पुस– कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको छ । बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ठुलो दलको हैसियतले...

कांग्रेस संसदीय दलको नेता चयनका लागि भीष्मराज आङ्दम्बेको संयोजकत्वमा संसदीय समिति गठन

२०७९ पुष ३ गते १६:३३

काठमाण्डु,३ पुस– कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि संसदीय समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय संसदीय समिति गठन गरेको हो । समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

२०७९ पुष ३ गते १६:२३

काठमाण्डु,३ पुस– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । जारी बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस स्रोतले बताएको छ । कांग्रेसका एक नेताले आजको बैठकले संसदीय दलको चुनावको मिति तोक्न...

धादिङमा मोबाइल लुट्नका लागि दम्पतीको हत्या

२०७९ पुष ३ गते १५:४५

धादिङ,३ पुस– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा मोबाइल लुट्नका लागि दुई जना किशोरले दम्पतीको हत्या गरेका छन । २६ मंसिरमा ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए ।बिहान मृत अवस्थामा भेटिएका दम्पतीको दुईजना किशोर मिलेर हत्या गरेको...

ललितपुरबाट १३ लाख बराबरको सुन र चाँदीका गहना चोरी

२०७९ पुष ३ गते १५:३४

काठमाण्डु,३ पुस– ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलबाट नगद र सुनका गहना चोरी भएको छ । हाम्रो कोलोनीमा बस्ने प्रमिला कुमारी जोशीको घरबाट १३ लाख बराबरको सुन र चाँदीका गहना चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । शनिवार राति चोरले नगद ४७...

किशोरीलाई बलात्कार गरेको आरोपमा तेह्रथुमबाट एकजना पक्राउ

२०७९ पुष ३ गते १५:१८

तेह्रथुम,३ पुस– प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा तेह्रथुमबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमाफिदिम नगरपालिका–३ घर भएका ३९ वर्षका नरेन्द्र राई रहेका छन । उनलाई १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले बताएको छ ।...

धनकुटामा आगलागीबाट २ जना घाइते

२०७९ पुष ३ गते १४:४५

काठमाण्डु,३ पुस– धनकुटा नगरपालिका ४ देब्रेबासमा आइतबार आगलागीबाट एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् । घाइते हुनेमा घरधनी लीलाबहादुर आचार्य र उनकी श्रीमती कमला आचार्य रहेका छन । आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट...

काठमाण्डु उपत्यकाका सडकमा सवारी चाप बढ्यो

२०७९ पुष ३ गते १४:३०

काठमाण्डु,३ पुस– काठमाण्डु उपत्यका ट्राफिक कार्यालयले कोटेश्वर, त्रिपुरेश्वर र लैनचौर हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको बताएको छ । जडिबुटीबाट कोटेश्वरतर्फ आउने, भद्रकालीबाट सुन्धारा हुँदै त्रिपुरेश्वरतर्फ जाने र सोह्रखुट्टेबाट लैनचौर आउने सवारी साधन चापमा चलिरहेको कार्यालयले बताएको छ । उपत्यकाका अन्य चोकहरू ग्वार्को, सातदोबाटो,...

विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा २ जना पक्राउ

२०७९ पुष ३ गते १४:१६

काठमाण्डु,३ पुस– कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले रहेका छन । सुनिल चौगुठीले ३ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट थाहा...

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन

२०७९ पुष ३ गते १३:५१

काठमाण्डु,३ पुस– चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण भएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ...

भक्तपुरको सूर्यविनायकबाट ७ जना जुवाडे पक्राउ

२०७९ पुष ३ गते १३:२५

काठमाण्डु,३ पुस– भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । दधिकोटको खड्का गाउँ स्थित ३७ वर्षीय उमेश थापाको घरमाबाट जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ । जुवातास खेलिरहेको सुराकको आधारमा प्रहरी प्रभाग दधिकोटबाट खटिएको...

रविलाई ओलीले सोधे– सरकारमा जाने वा नजानेबारे के सोच्नुभएको छ?

२०७९ पुष ३ गते १३:०९

काठमाण्डु,३ पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबिच शुक्रबार ओली निवास बालकोटमा भेटघाट भएको छ । रबिले ओली निवास बालकोटमा गएर ओली सँग भेघाट गरेका हुन् । भेटमा एमाले ओलीले लामिछानेलाई सरकारमा जाने या नजानेबारे जिज्ञासा राखेका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us