रविलाई ओलीले सोधे– सरकारमा जाने वा नजानेबारे के सोच्नुभएको छ?

काठमाण्डु टुडे २०७९ पुष ३ गते १३:०९ मा प्रकाशित

काठमाण्डु,३ पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबिच शुक्रबार ओली निवास बालकोटमा भेटघाट भएको छ । रबिले ओली निवास बालकोटमा गएर ओली सँग भेघाट गरेका हुन् ।

भेटमा एमाले ओलीले लामिछानेलाई सरकारमा जाने या नजानेबारे जिज्ञासा राखेका थिए । भेष्टलाई पुष्टि गर्दै रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने, ‘समसामियक बिषयमा कुरा भयो ।

एक अर्कालाई बुझ्ने कोशिस भयो ।’उनले सरकार गठनबारे कुरा उठ्दा ओलीले रविलाई सोधेका थिए, ‘सरकारमा जाने, नजानेबारे के सोच्नुभएको छ ?’ लमिछानेले भने आफूहरुलाई एकल सरकार बनाउने मत प्राप्त नभएकाले आफूले त्यसबारे धेरै नसोचेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us