धादिङमा मोबाइल लुट्नका लागि दम्पतीको हत्या

काठमाण्डु टुडे २०७९ पुष ३ गते १५:४५ मा प्रकाशित

धादिङ,३ पुस– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा मोबाइल लुट्नका लागि दुई जना किशोरले दम्पतीको हत्या गरेका छन ।

२६ मंसिरमा ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आले मृत भेटिएका थिए ।बिहान मृत अवस्थामा भेटिएका दम्पतीको दुईजना किशोर मिलेर हत्या गरेको प्रहरीले बताएको छ ।

दम्पतीको हत्या आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–३ घर भएका १५ र १३ वर्षका किशोरी रहेका छन ।

हत्याबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोका इन्स्पेक्टर सुरेश खत्रीको टिम धादिङ गएको थियो । पुस १ मा पक्राउ गरिएका किशोरहरुलाई अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले न्यायिक हिरासतमा राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us