
काठमाण्डु,३ पुस– काठमाण्डु उपत्यका ट्राफिक कार्यालयले कोटेश्वर, त्रिपुरेश्वर र लैनचौर हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको बताएको छ ।
जडिबुटीबाट कोटेश्वरतर्फ आउने, भद्रकालीबाट सुन्धारा हुँदै त्रिपुरेश्वरतर्फ जाने र सोह्रखुट्टेबाट लैनचौर आउने सवारी साधन चापमा चलिरहेको कार्यालयले बताएको छ ।
उपत्यकाका अन्य चोकहरू ग्वार्को, सातदोबाटो, गौशाला, चावहिल, मित्रपार्क, नारायणगोपालचोक, बालाजु, नयाँबानेश्वर, थापाथली, कालीमाटी र पुतलीसडकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्नेछ ।
खानेपानीको पाइप मर्मतको कार्य भइरहेका कारण महाराजगञ्ज शीतल निवास नजिकैको बाटो हुँदै सामाखुशीतर्फ जाने सवारी साधन चल्न सकेका छैनन् । आउने सवारी साधन भने सहजै आइरहेका छन् ।