उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

काठमाण्डु टुडे २०८२ जेठ ८ गते १२:४३ मा प्रकाशित

एजेन्सी– उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको त्याहाँका सरकारी मिडियाले जनाएका छन । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त दुर्घटनालाई ‘आपराधिक कार्य’ भनेका छन ।

बुधबार पूर्वी बन्दरगाह सहर चोङजिनमा पाँच हजार टनको नयाँ जहाज प्रक्षेपण गर्ने समारोहमा ‘एउटा गम्भीर दुर्घटना भएको’ आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले बिहीबार ‘धेरैवटा अज्ञात क्रुज मिसाइलहरू’ पनि प्रहार गरेको बताएको छ, जुन उत्तरको दक्षिण हाम्ग्योङ प्रान्त नजिकै जापान सागर पनि भनिने ‘पूर्वी सागरतिर प्रहार’ गरिएपछि पत्ता लागेको थियो ।

किमले अवलोकन गरेको विध्वंसकको असफल प्रक्षेपणका लागि ‘अनुभवहीन कमान्ड र परिचालन लापरवाही’लाई दोष दिँदै केसिएनएले त्यहाँ एउटा दुर्घटना भएको र ‘युद्धपोतको तल्लो भागका केही भागहरू कुचिएको’ बताएको छ ।

दुर्घटनाले ‘युद्धपोतको सन्तुलन नष्ट’ गर्न सफल भएको केसिएनएले बतायो । किमले पूरै घटना हेर्नुभयो र यो ‘सहन सकिँदैन’ भन्ने चेतावनी दिँदै यसलाई ‘पूर्ण लापरवाहीका कारण भएको आपराधिक कार्य घोषणा गरे ।

उनले जिम्मेवार अधिकारीहरूको ‘गैरजिम्मेवार गल्तीहरू’ ‘अर्को महिना बोलाइने पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सम्बोधन गरिने’ बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us