कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाण्डु टुडे २०७९ पुष ३ गते १६:२३ मा प्रकाशित

काठमाण्डु,३ पुस– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । जारी बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस स्रोतले बताएको छ ।

कांग्रेसका एक नेताले आजको बैठकले संसदीय दलको चुनावको मिति तोक्न सक्ने बताएका छन । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, शेखर कोइराला, गगन थापालगायत आकांक्षाी छन् ।

कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us