कांग्रेस संसदीय दलको नेता चयनका लागि भीष्मराज आङ्दम्बेको संयोजकत्वमा संसदीय समिति गठन

काठमाण्डु टुडे २०७९ पुष ३ गते १६:३३ मा प्रकाशित

काठमाण्डु,३ पुस– कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि संसदीय समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय संसदीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् । संसदीय समितिले निर्वाचनको मिति ताक्ने छ । कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका ८९ जना सांसदले स‌ंसदीय दलको नेता चयन गर्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us