काठमाण्डू, ९ असार– सत्ता घटक दल एमालेले आगामी आर्थिक वर्ष (०८२–०८३) को बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ । प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची रहेको छ ।
त्यसअघि एमालेले पार्टीका सांसदहरूलाई पक्षमा मतदान गर्न ह्वीप लगाएको हो ।