
एजेन्सी– इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेका छन । इजरायली सेनालाई उद्धृत गर्दै यी आक्रमणमा १५ वटा विमान नष्ट गरिएको दाबी गरेको उल्लेख गरेको समेत अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
आक्रमणबाट केही विमानस्थलका रनवेहरूमा क्षति पुर्याइएको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा यी आक्रमणहरू इरानको पश्चिमी, पूर्वी र केन्द्रीय क्षेत्रमा रहेका विमानस्थलहरूमा गरिएको थियो ।
इजरायली सेनाले यसबाट रनवे र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको जिकिर गरेको छ ।