बदनाम हुनबाट जोगिन सरकारले रोक्यो पदक वितरण

२०८० भदौ २९ गते १९:००

काठमाण्डु, २९ भदौ– सरकारले यसपटक संविधान दिवसमा पदक वितरण नगर्ने भएको छ । मन्त्रिपरिषद बैठकले शुक्रबार पदक वितरण स्थगन गर्ने निर्णय गरेको हो । हरेक वर्ष संविधान दिवसका अवसरमा मुलुकका लागि विशिष्ट योगदान गर्नेहरुलाई राष्ट्रपतिबाट विभूषण वितरण हुँदै आएको छ । विभूषण वितरण मर्यादित...

गैंडा आक्रमणमा एक महिलाको मृत्यु, दुई जनाले रुख चढेर ज्यान जोगाए

२०८० भदौ २९ गते १६:३१

काठमाण्डु, २९ भदौ– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।...

प्रचण्डले ६ असोजमा चिनियाँ राष्ट्रपति भेट्ने

२०८० भदौ २९ गते १६:१९

काठमाण्डु, २९ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने भएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन शनिबार न्यूयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री उतैबाट चीन ५ उड्नेछन् । प्रधानमन्त्री प्रचण्डले भ्रमणबारे शुक्रबार प्रतिनिधिसभालाई जानकारी दिँदै ६ असोजमा आफू र राष्ट्रपति...

पत्राचारपछि सरकारसँग सिसडोलबासी नरम, बालेन्द्रसँग आक्रोशित

२०८० भदौ २९ गते १२:५६

काठमाण्डु, २९ भदौ– सरकारले समस्या समाधानका लागि प्रतिबद्धता जनाएपछि काठमाण्डु उपत्यकाको फोहोर रोक्ने चेतावनीबाट सिसडोलबासी पछि हटेका छन् । समस्या समाधान गर्न तयार रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सहरी विकास मन्त्रालयले पत्राचार गरेपछि बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिल आन्दोलनका पूर्वघोषित...

बालेन फोहोर व्यवस्थापनमा असफलः संघीय सरकार आफैं अघि स-यो

२०८० भदौ २९ गते १२:४१

काठमाण्डु, २९ भदौ– सरकारले सिसडोलबासीलाई काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध नगर्न आग्रह गर्दै पत्राचार गरेको छ । आफूहरुसँग पटपकटक गरिएका सम्झौता कार्यान्वयन नगरिएको भन्दै सिसडोलबासीले आगामी १ असोजदेखि सधैंका लागि बञ्चरे डाँडामा फोहोर बिसर्जन रोक्ने चेतावनी दिएका थिए । काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह...

बाबुको मुख हेर्ने दिनमै छोराले कुटेर प्रेमबहादुरले त्यागे प्राण

२०८० भदौ २९ गते ११:३१

काठमाण्डु, २९ भदौ–दाङमा बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका– ५ दलजितपुरका ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या  अभियोगमा छोरा २८ वर्षीय सन्तोष केसी पक्राउपरेका हुन् । बाबुको मुख हेर्ने दिन बिहीबार राति ९ बजे सन्तोषले आफ्ना बाबुमाखि निर्घात कुटपिट गरेका थिए ।...

बालबालिकाको अधिकारप्रति सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

२०८० भदौ २९ गते १०:५५

काठमाण्डु, २९ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालबालिकासम्बन्धी संविधान, कानुन र नीतिमा भएका व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति...

कालीगण्डकी करिडोरमा राति गाडी चलाउन रोक

२०८० भदौ २९ गते ८:३७

नवलपुर, २९ भदौ– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । करिडोर निर्माणको काम प्रभावित हुने भएकाले रातिको समयमा जिल्लामा पर्ने सडक खण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्भावित जोखिमलाई ध्यानमा...

चट्याङ लागेर महिलाको मृत्यु, १६ जना घाइते

२०८० भदौ २९ गते ८:३०

दैलेख, २९ भदौ– दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खरीगैराका ४२ वर्षीया भूमिसरा खत्री रहेको प्रहरीले जनाएको छ । उनाई बिहीबार साँझ वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी खत्रीको उपचारका क्रममा...

आज बाल दिवस मनाइँदै

२०८० भदौ २९ गते ८:२५

काठमाण्डु, २९ भदौ– आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । दिवसको यो वर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने रहेको छ । विक्रम सम्वत २०२१ साल भदौ ४ गतेबाट बाल दिवस मनाउन थालिएको थियो । २०६३ सालपछि भने...

पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध फेसबुकमा लेख्ने एक पक्राउ

२०८० भदौ २८ गते २०:४६

काठमाण्डु, २८ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा टिप्पणी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–५ ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् । श्रेष्ठले आफ्नो विषयमा भ्रामक प्रचार गरेको भन्दै केही दिनअघि कास्की प्रहरीमा उजुरी...

नेम्वाङको निधनमा प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित

२०८० भदौ २८ गते १६:२८

काठमाण्डु, २८ भदौ– प्रतिनिधिसभाले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उनको सम्मानमा एक मिटेन उठेर मौन धारण गरिएको थियो । ‘नेपालको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us