बदनाम हुनबाट जोगिन सरकारले रोक्यो पदक वितरण

काठमाण्डु टुडे २०८० भदौ २९ गते १९:०० मा प्रकाशित

काठमाण्डु, २९ भदौ– सरकारले यसपटक संविधान दिवसमा पदक वितरण नगर्ने भएको छ ।

मन्त्रिपरिषद बैठकले शुक्रबार पदक वितरण स्थगन गर्ने निर्णय गरेको हो । हरेक वर्ष संविधान दिवसका अवसरमा मुलुकका लागि विशिष्ट योगदान गर्नेहरुलाई राष्ट्रपतिबाट विभूषण वितरण हुँदै आएको छ ।

विभूषण वितरण मर्यादित एवं व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय अभ्याससँग मिल्दोजुल्दो प्रणाली विकास गर्न सुझावका लागि एक कार्यदल गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

गत वर्षहरुमा योगदान गर्नेहरुलाई भन्दा विवादित पुष्ठभूमिका र निश्चित दलनिकटका व्यक्तिलाई पदक दिइएको भन्दै विवाद हुँदै आएको थियो ।

विवादित भएपछि कतिपयले पदक नलिने घोषणासमेत गर्ने गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us