चट्याङ लागेर महिलाको मृत्यु, १६ जना घाइते

काठमाण्डु टुडे २०८० भदौ २९ गते ८:३० मा प्रकाशित

दैलेख, २९ भदौ– दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खरीगैराका ४२ वर्षीया भूमिसरा खत्री रहेको प्रहरीले जनाएको छ । उनाई बिहीबार साँझ वर्षासँगै परेको चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएकी खत्रीको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा निधन भएको प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए ।

विष्टका अनुसार दैलेखका विभिन्न स्थानमा चट्याङ लागेर १६ जना घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us