समाचार

राससद्धारा आयोजित हाजिरीजवाफमा ४ जना प्रथम स्थानमा

२०७१ फागुन १ गते १२:०७

काठमाण्डु,१ फागुन– राष्ट्रिय समाचार समितिको चवन्नौँ वार्षिकोत्सवका अवसरमा नेपाल पत्रकार महासङ्घ रासस शाखाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय भएका टोलीलाई अध्यक्ष कुलचन्द्र वाग्लेले पुरस्कार प्रदान गरेका छन् । चारवटा टोलीमा १६ जना सहभागी भएको सो प्रतियोगितामा श्याम रिमाल,कृष्णराज गौतम,शशी अधिकारी र शर्मिला...

सीप विकास संस्था जीविकोपार्जनको माध्यम बन्दै

२०७१ फागुन १ गते ११:५६

पोखरा,१ फागुन– पोखरा उपमहानगरपालिका वडा नं–८ सिर्जनचोकमा स्थापित महिला सीप विकास संस्था महिलाको जीविकोपार्जनको माध्याम बनेको छ । सो संस्था एकल,शारीरिक र आर्थिक रुपमा कमजोर,टुहुरा र श्रीमानबाट बिछोड भएका महिलाको जीविकोपार्जनको माध्याम बनेको हो । पैँतीस वर्षअघि स्थापित उक्त संस्थामा हाल ४ सयभन्दा बढी...

ऊर्जामन्त्री ज्ञवाली अनुपस्थित हुनुभएपछि बैठक प्रभावित

२०७१ फागुन १ गते ११:३६

काठमाण्डु,१ फागुन– ऊर्जामन्त्री राधा ज्ञवालीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबारका लागि तय गरिएको व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको बैठक प्रभावित भएको छ । समितिको शुक्रबारको बैठकमा ऊर्जा मन्त्रालय र त्यसअन्तर्गतका निकायको अर्धवार्षिक प्रगति विवरणमाथिको छलफल गर्ने कार्यसूची रहेको थियो । ऊर्जा मन्त्रालय र मातहतका निकायको...

एमाओवादी जातीय राज्यको पक्षमा छैन : श्रेष्ठ

२०७१ फागुन १ गते ११:३१

इलाम, १ फागुन– एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो दल जातीय राज्यका पक्षमा नरहेको प्रस्ट पारेका छन् । इलाम सदरमुकाममा आज आयोजित कार्यकर्ता आयोजित भेटघाट तथा पत्रकार सम्मेलनमा नेता श्रेष्ठले आफ्नो दल उत्पीडितको पहिचानसहितको सङ्घीयताका पक्षमा रहेको बताउँदै मेची–लिम्बूवान जस्तै नाम दिएर राज्यको...

फोन गरेकै भरमा आन्दोलन रोकिदैनः पोखरेल

२०७१ फागुन १ गते ११:०८

महोत्तरी,१ फागुन– एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले तीस दलीय मोर्चाको आन्दोलन प्रधानमन्त्रीको फोनका भरमा नरोकिने बताएका छन् । शुक्रबार बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक पोखरेलले ३० दलीय मोर्चाले वार्ताको ढोका खुल्ला राखेपनि प्रधानमन्त्रीले फोन गर्दैमा आन्दोलन नरोकिने बताए...

मुक्तिनाथ र कागबेनीमा कुकुर आतङ्क

२०७१ फागुन १ गते ११:०३

मुस्ताङ,१ फागुन– मुक्तिनाथ र कागबेनी गाविसमा भुस्याहा कुकुरको आतङ्क मच्चिएको छ । सर्वसाधारण  र स्थानीय किसानले पालेका गाईबस्तुलाई टोक्न थालेपछि विगत तीन महिनादेखि दुई गाविसमा भुस्याहा कुकुरको आतङ्क मच्चिएको हो । तीन महिनाको अवधिमा तीनजना मान्छे र थुप्रै गाईभैँसीलाई टोकेपछि स्थानीय जनताले कुकुर नियन्त्रणका...

राजनीतिक निकासमा रेडियोकोे भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

२०७१ फागुन १ गते १०:३२

काठमाण्डु, १ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले नागरिकलाई सूचना दिन नेपालका सामुदायिक रेडियो एकदमै प्रभावकारी र भरपर्दो भएको बताएका छन् । चौथो विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबले राजधानीमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले रेडियो आवाजविहीनहरुको आवाज बनिरहेको बताए । उनले भने, ‘नेपालको...

दृष्टिविहिन सन्तानको उपचार गराउने आमाको धोको

२०७१ फागुन १ गते १०:२९

खोटाङ,१ फागुन– जिल्लाको दक्षिणी गाविस छितापोखरी–३ की १८ वर्षीया कविता भुजेल र उनकी १५ वर्षीया बहिनी गोमा भुजेल दुवै आँखाले देख्न सक्दैनन् । जन्मजात आँखा नदेख्ने कविता र गोमा छामछाम छुमछुम गर्दै घरभित्र र बाहिर गर्छन् ।  उनीहरुसँगैका साथीहरू विद्यालय जान्छन्, घाँस दाउरा र...

घुस लिँने लेखा अधिकृत अख्तियारको फन्दामा

२०७१ फागुन १ गते १०:१३

भक्तपुर,१ फागुन– ठेकेदारसँग २० हजार घुस लिँदै गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार डिभिजन सडक कार्यालय भक्तपुरका लेखा अधिकृत तीर्थबहादुर बस्नेतलाई पक्राउ गरेको छ । आयोगका अधिकृत लीलाधर अवस्थीको नेतृत्वमा आएको सात जनाको टोलीले शुक्रबार अपराह्न करिब १ः३० बजे सडक कार्यालयमै जिम्मा...

सवारी साधनबारे जानकारी दिन संसदीय समितिको निर्देशन

२०७१ फागुन १ गते ९:५१

काठमाण्डु,१ फागुन– व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थ समितिले मुलुकभर रहेका सवारी साधनको सङ्ख्या,त्यसको प्रयोग तथा अहिलेको अवस्थाबारे एक महिनाभित्र जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ ।  उपत्यका बाहिर रहेका सरकारी निकायले लिलाम गर्नुपर्ने सवारी साधन लिलामीमा पठाउन प्रत्येक जिल्ला प्रशासन कार्यालयको समन्वयमा एकीकृत रुपमा...

बेग्लाबेग्लै रुपमा जनयुद्ध दिवस मनाउँदा दुःख लागेको छ : महरा

२०७१ फागुन १ गते ८:५६

रोल्पा, १ फागुन– एकीकृत नेकपा माओवादीका महासचिव कृष्णाबहादुृर महराले माओवादीहरुले भिन्दाभिन्दै रुपमा जनयद्ध मनाउनु परेकोमा दुःख लागेको बताएका छन् । २० औं जनयुद्ध दिवसको अवसरमा रोल्पामा आयोजित कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महराले एउटै आन्दोलनबाट आएका माओवादीहरुले जनयुद्ध दिवस बेग्ला बेग्लै मनाउँदा...

आन्दोलन सशक्त बनाउने फोरम नेपालको निर्णय

२०७१ फागुन १ गते ८:३२

जनकपुर, १ फागुन–उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपालले पहिचानसहितको संघीयताका लागि ३० दलीय विपक्षी मोर्चाको जारी सडक आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । जनकपुरमा दुई दिने केन्द्रीय समितिको सम्पन्न बैठकपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष उपेन्द्र यादवले सार्थक संविधानका लागि आन्दोलनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us