समाचार

एमाओवादीसहित माओवादी धारका दलहरुले जनयुद्ध दिवस मनाउँदै

२०७१ फागुन १ गते २:५२

काठमाण्डु, १ फागुन– १० वर्षे सशस्त्र युद्धको पृष्ठभूमिबाट आएका माओवादी धारका दलहरुले आज २० औं जनयुद्ध दिवस मनाउँदै छन् । माउ पार्टी एकीकृत माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी, मणि थापा र मातृका यादव नेतृत्वको माओवादीले छुट्टाछुट्टै कार्यक्रम गरी...

एलपी ग्यास नभए बायोग्यास…

२०७१ फागुन १ गते १:४७

म्याग्दी, १ फागुन– बजारमा खाना पकाउने एलपी ग्यासको हाहाकार बढिरहेका बेला म्याग्दीका महिलाको बायोग्यासतर्फ आकर्षण बढ्दै जान थालेको छ । धुँवारहित वातावरणमा छिटो खाना बनाउन र पकाउन सजिलो हुँदा ग्रामीण महिलाको बायोग्यासतर्फ आकर्षण बढेको हो । जिल्लाका पश्चिमी भेगका दुर्गम अर्मन, बिम र ओखरबोट...

सरसफाई दूत भए धुर्मुस र सुन्तली

२०७१ माघ २९ गते १४:५४

काठमाण्डु, २९ माघ– सरकारले हाँस्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई सरसफाई दूत नियुक्त गरेको छ ।   बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धुर्मुस र सुन्तलीलाई सरसफाई दूत नियुक्त गरेको हो । सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले नेपाललाई सन् २०१७ भित्र पूर्ण...

राजनीतिक सहमतिको विषय दोस्रो प्राथमिकताः उपसभापति पौडेल

२०७१ माघ २९ गते १४:३३

बनेपा,२९ माघ–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राजनीतिक सहमतिको विषय दोस्रो प्राथमिकताको विषय भएको बताएका छन् । नेपाली काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जिल्ला कोषाध्यक्षका लागि कोष निर्माण, व्यवस्थापन र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रमको आज धुलिखेलमा भएको समापनमा उनले पहिलो प्राथमिकता नयाँ संविधान जारी...

आफूलाई भगवान बनाइएकामा मोदी स्तब्ध

२०७१ माघ २९ गते १४:३३

काठमाण्डु, २९ माघ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नाममा मन्दिर बनाइएकामा स्तब्ध भएको बताएका छन् । मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू स्तब्ध भएको बताएका हुन् । आफ्नो मुर्ती बनाइनु भारतीय परम्पराविरुद्ध रहेको उनको भनाइ छ । मोदीको पार्टी भाजपा समर्थकले राजकोटमा मोदीको मुर्ती बनाएका...

जीप दुर्घटनामा १३ जना घाइते

२०७१ माघ २९ गते १४:२९

अर्घाखाँची २९ माघ– अर्घाखाँचीको ठाडामा बिहिबार दिउँसो भएको जीप दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटबल जाँदै गरेको लु १ ज १५९१ नम्बरको जीप ठाडा गाविस–३ कोप्चीबासमा...

बारको सम्मेलन चैतको पहिलो हप्ता चितवनमा

२०७१ माघ २९ गते १४:२३

काठमाण्डु,२९ माघ– नेपाल बार एसोसिएसनले आगामी चैतको पहिलो हप्ता राष्ट्रव्यापी सम्मेलन गर्ने भएको छ ।  संविधानसभाबाट संविधान जारी गर्न सहयोग पु¥याउने उद्देश्यले आगामी चैत ५–७ सम्म चितवनमा सम्मेलनको आयोजना गर्न लागेको बारका महासचिव सुनिलकुमार पोखरेलले जानकारी दिए । सम्मेलनमा संविधानका अन्तरवस्तुमा देखिएका विवादित विषयहरू...

आन्दोलनकारीले कान्तिपुर,नागरिक र अन्नपूर्ण पत्रिका जलाए

२०७१ माघ २९ गते १४:१४

बारा,२९ माघ– मालपोत,नापी र भूमिसुधार कार्यालय कलैयाबाट सिमरामा सार्न सरकारले गरेको निर्णयको विरोधमा केही दिनदेखि कलैयामा आन्दोलन गरिरहेका सर्वपक्षीय आन्दोलनकारीले कलैयाको भरतचोकमा कान्तिपुर,नागरिक र अन्नपूर्ण दैनिक पत्रिका जलाएका छन् । बारा जिल्लाका गाविसमध्ये १० र  १५ वटा गाविसको कामकाज सिमराबाट सञ्चालन गर्न सरकारले गरेको...

समानान्तर सरकार चलाउने प्रचण्डको चेतावनी

२०७१ माघ २९ गते १४:०३

काठमाण्डु, २९ माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तापक्षले पेल्ने क्रम जारी रहे समानान्तर सरकार घोषणा गर्ने चेतावनी दिएका छन् । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले परिवर्तन पक्षधर शक्तिलाई पाखा लगाउने क्रम नरोकिए समानान्तर सरकार चलाउने घोषणा गरेका हुन् । सत्तापक्ष प्रक्रिया...

सूचनाको हकको प्रभावकारी कार्यान्वयन भएनः बाँस्कोटा

२०७१ माघ २९ गते १३:४०

काठमाण्डु,२९ माघ– राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वाँस्कोटाले सूचनाको हक्सम्बन्धी ऐन २०६४ आए पनि हकको प्रभावकारी कार्यान्वयन अझै हुन नसकेको बताएका छन् । अष्ट्रेलियन दूतावासको सहयोगमा विकास सञ्चार समाज नेपालले बिहिबार आयोजना गरेको तालिममा सहभागी बास्कोटाले सो कुरा बताएका हुन् ।  मन्त्रालयहरूबाट दिनुपर्ने...

लखन थापालाई प्रथम सहिद घोषणा गर्न माग

२०७१ माघ २९ गते १३:३०

बुटवल,२९ माघ– सहिद लखन थापालाई संविधानमै प्रथम सहिदको रुपमा व्यवस्था गर्न र सहिदसँग सम्बन्धित कार्यक्रम लखन थापासँग सम्बन्धित मितिमा गर्न लखन थापा स्मृति अक्षयकोषले माग गरेको छ ।  कोष र नेपाल आदीबासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० रुपन्देहीले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी राज्यलाई सहिदहरूप्रति...

सहमतिमा नआए पनि संविधान जारी गरेरै छाड्छौः नेता देउवा

२०७१ माघ २९ गते १३:१५

खोटाङ,२९ माघ– नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान बनाउने जिम्मेवारी काँग्रेसको काँधमा आएकाले सहमति नभए प्रक्रियाबाट भएपनि संविधान जारी गरेरै छाड्ने बताएका छन् । खोटाङको चिसापानीमा निर्माण गरिएको स्वर्गीय हर्कबहादुर राईको सालिक अनावरण कार्यक्रममा उनले एकीकृत नेकपा माओवादी लगायत दलले अवरोध गरिरहे प्रक्रियामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us