समाचार

कर्णालीमा हिमपात, जनजीबन प्रभावित

२०७० पुष १६ गते ५:०३

काठमाण्डु, १६ पुस–कर्णाली अन्चलका अधिकांश जिल्लामा भारी हिमपात भएको छ । हिमपातको कारण जनजीबन प्रभावित भएको छ । हिमपातले अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धा बढि समस्यामा परेका छन् । एक फिटसम्म हिउँ जमेपछि मुगु, हुम्ला, जुम्ला लगायत जिल्लाका सर्बसाधारणको दैनिकी कष्टकर भएको छ...

सूची नबुझाउनेलाई के गर्ने भन्नेमा आयोग मौन

२०७० पुष १६ गते ४:३८

काठमाण्डु, १६ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुले बुझाएको सभासदहरुको नामावलीमा मंगलबारबाट छानविन शुरु गरेको छ । निर्वाचन कानुन अनुसार भएनभएकोबारे अध्ययन शुरु गरेको आयोगले जनाएको छ । प्रक्रिया पूरा नभएको पाइए दलहरुलाई जानकारी गराउने र संशोधन गर्न भन्ने आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी...

काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउदै

२०७० पुष १६ गते ३:०७

काठमाण्डु, १६ पुस–नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउंदै छ । संस्थापक नेता वीपी कोइरालाले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने गर्दछन् ।...

राप्रपा नेपाल नयाँ रणनीति बनाउदै

२०७० पुष १६ गते ३:०६

काठमाण्डु, १६ पुस–पार्टी बिभाजित भएपछि नयाँ रणनीति अपनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समितिको बैठक मंगलबार बस्दै छ । बैठक दिउँसो एक बजेपछि बस्ने छ । समानुपातिक सभासद मनोनयनमा अध्यक्ष कमल थापाले मनोमानि गरेको भन्दै टंक ढकाल नेतृत्वमा २० प्रतिशत केन्द्रीय सदस्यहरुले छुट्टै दल...

ऋण पाएपछि पुस्तक छपाइ सुरु

२०७० पुष १६ गते २:१०

भक्तपुर, १६ पुस–जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाई सुरु गरेको छ । रकम अभावका कारण कागजसमेत ल्याउन नसकेर बन्द भएका केन्द्रका छापाखानाहरू सरकारले ऋण दिएपछि पुनः सुचारु भएको हो । कागज ल्याउन नसकेर किताब छपाई रोकिएको केन्द्रमा सरकारले कागज...

२३ गाविस शान्तिक्षेत्र

२०७० पुष १६ गते २:०३

ताप्लेजुङ, १६ पुस–ताप्लेजुङका २३ वटा गाउँ विकास समितिलाई शान्तिक्षेत्र घोषणा गरिएको छ । सदरमुकाम फुङलिङ, दोखु र हाङदेवासहितका गाविसलाई शान्तिक्षेत्र गाविसका रुपमा घोषणा गरिएको हो । तमु ल्होसार पर्वको अवसर पारेर तमु समुदायको बस्ती रहेका क्षेत्रका रुपमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का...

सोलुखुम्बुमा अर्को विमानस्थल थपिने

२०७० पुष १६ गते १:५६

सोलुखुम्बु, १६ पुस–सोलुखुम्बु जिल्लाको कर्णाली भनेर परिचित कोसीपारिको गाविस गुदेलमा वैकल्पिक विमानस्थल निर्माण हुने भएको छ । सगरमाथा क्षेत्रको प्रमुख नाकाका रुपमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लाको वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गरिने महाकुलुङ क्लब गुदेलका सचिव सूर्य कुलुङले बताए । विमानस्थल निर्माण भएपछि कोसीपारिका...

अन्तर्वार्ता स्थगनले शिक्षक अन्योलमा

२०७० पुष १६ गते १:५१

काठमाण्डु, १६ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि शिक्षक सेवा आयोगले शिक्षकको पदपूर्तिका लागि लिएको खुला प्रतियोगितात्मक परीक्षाको अन्तर्वार्ताका कार्यक्रम स्थगित भएपछि परीक्षार्थी अन्योलमा परेका छन् । लिखित परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारले अन्तर्वार्ताको तयारी गरिरहेका बेला यही पुस ११ गतेदेखि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट...

कमल थापाको राप्रपा नेपाल विभाजित

२०७० पुष १५ गते १३:२५

काठमाण्डु, १५ पुस – संविधानसभाको चौंथो ठूलो दल राप्रपा नेपाल विभाजित भएको छ । समानुपातिक सभासद चयनका विषयमा असन्तुष्टि जनाउँदै राजाराम श्रेष्ठ, टंक ढकाल, रामकृष्ण आचार्य, धनबहादुर थापा, बद्रिबहादुर केसी लगायत नेताहरुले पार्टीबाट विद्रोह गरेका हुन् । राप्रपा नेपालका कुल ४२ जना केन्द्रीय सदस्य मध्ये...

फोरम लोकतान्त्रिकले सूची बुझायो (नामावलीसहित)

२०७० पुष १५ गते १३:२४

काठमाण्डु, १५ पुस – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले समानुपातिक सभासदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने १० जना सभासदको नामावली सोमबार निर्वाचन आयोगमा बुझाइएको फोरम लोकतान्त्रिकले जनाएको छ । फोरम लोकतान्त्रिकबाट चिकित्सक डा. सुवोध पोखरेल, प्याब्सन अध्यक्ष बाबुराम पोखरेल, एन...

जनकविकेशरी थापालाई लेखनाथ पुरस्कार

२०७० पुष १५ गते १२:२५

काठमाण्डु, १५ पुस – जनकविकेशरी धर्मराज थापा ‘लेखनाथ साहित्य पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ३० औं जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्द्वारा राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रकवि तथा परिषद्का अध्यक्ष माधवप्रसाद घिमिरेले सो पुरस्कार प्रदान गरेका हुन् । पचास हजार...

मन्डेलाको स्मृतिमा काठमाण्डुमा वृक्षरोपण

२०७० पुष १५ गते १२:१५

काठमाण्डु, १५ पुस –  राष्ट्रिय सहिद तथा शान्ति उद्यानले दक्षिण अफ्रिकी रङ्गभेदी विरोधी नेता तथा शान्ति र एकताका प्रतीक नेल्नस मन्डेलाको स्मृतिमा उद्यान परिसरमा सोमबार वृक्षरोपण गरेको छ । सो अवसरमा विभिन्न जातका बिरुवा रोपिएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै नेकपा (एमाले)का नेता एवम्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us