समाचार

मुद्दा र जेल मेरा लागि रौं बराबरः प्रचण्ड

२०७१ फागुन १ गते ८:२९

काठमाण्डु, १ फागुन– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई जेल हालेर देखाउन चुनौती दिएका छन् । २० औं जनयुद्ध दिवसका अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजिक कार्यक्रममा उनले जेल हाल्ने धम्की नदिन काँग्रेस–एमालेलाई चेतावनी दिए । मुद्दा लगाउने र जेल हाल्ने...

ओझेल पर्दै थारु नृत्य संस्कृति

२०७१ फागुन १ गते ८:२३

बर्दिया,१ फागुन– पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका होटलमा आउने पाहुनालाई थारु नृत्य देखाएर आम्दानी गर्ने बर्दिया ठाकुरद्धाराकी जुनकुमारी चौधरी त्यति खुसी छैनन् जति उनलाई थारु नृत्य हराउन थालेकामा दुःख छ ।  विदेशी  संस्कृतिको सिको,आधुनिक पढाइलेखाइ,युवामा पुरानो संस्कृति अनुसरण गर्न लाज मान्ने र...

जिप दुघर्टनामा चालकको मृत्यु, चार घाइते

२०७१ फागुन १ गते ८:०७

सोलुखुम्बु,१ फागुन– काठमाण्डुबाट सोलुखुम्बु जिल्लाको सल्लेरीका लागि छुटेको सल्लेरी यातायातको जिप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । शुक्रबार बिहान सिन्धुलीको बासेश्वरी गाविस वडा नं ८ स्थित हाइवरबेसीमा ना १ ज ३६०७ नम्बरको जिप दुर्घटना हुँदा चालक रत्नबहादुर तामाङको मृत्यु भएको छ भने दुई...

काँग्रेस केन्द्रीय समितिको बैठक फागुन ६ गते

२०७१ फागुन १ गते ८:००

काठमाण्डु,१ फागुन– प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक लगातार चौथोपटक पनि सरेको छ ।  लामो समयपछि बोलाइएको काँग्रेस केन्द्रीय समितिको बैठक प्रमुख नेताको कार्य व्यस्तताका कारणले पटक–पटक सर्दै आएको हो । सुरुमा माघ २८ गतेका लागि बोलाइएको बैठक फागुन २ गतेका...

मानव अधिकार आयोगको यातनामुक्त देश घोषणा गर्ने अभियान

२०७१ फागुन १ गते ७:५४

चितवन,१ फागुन– राष्ट्रिय मानव अधिकार आयोगले थुनुवा तथा बन्दीलाई राख्नका लागि बनाइएका नेपालका हिरासत तथा कारागार वैज्ञानिक र उपयुक्त नभएको निष्कर्ष निकालेको छ ।  देशभरका ४०  कारागार र ६२ वटा हिरासतको स्थलगत निरीक्षण एवम् अनुगमन गरेका आयोगका सदस्य सुदीप पाठकले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन...

बाढीपीडित महिलालाई सुरक्षा चूनौती

२०७१ फागुन १ गते ७:४३

वीरेन्द्रनगर,१ फागुन– सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी बाढीपीडित सीता विकलाई रातभर झसङ्ग–झसङ्ग हुने गरेको छ । उनलाई त्रिपालभित्र बस्न थालेपछि आफू र परिवार असुरक्षित भएको महसुस हुने गरको छ । आफ्नो घरलाई बाढीले बगाई बगर बनाइदिएपछि उनको परिवार साउनको अन्त्यदेखि नै...

झापा बारमा आलोपालो प्रणालीबाट अध्यक्ष

२०७१ फागुन १ गते ७:३०

भद्रपुर,१ फागुन– आलोपालो प्रणालीअनुसार नेपाल बार एसोसिएसन झापाको दुईवर्षे कार्यकालका लागि अध्यक्षमा अधिवक्ता गजेन्द्र आचार्यसहितको कार्यसमिति बिहीबार चयन भएको छ । यसअघि अमृतबहादुर बस्नेत अध्यक्ष हुनुहुन्थ्यो । सो समितिका उपाध्यक्ष हरिप्रसाद अधिकारी, सचिवमा यज्ञप्रसाद अधिकारी,सहसचिवमा उमा कार्की र कोषाध्यक्षमा कमला आचार्य उप्रेती चयन भएका...

तीव्र गतिमा अगाडि बढ्यो मेलम्ची खानेपानी आयोजना

२०७१ फागुन १ गते ७:२३

काठमाण्डु, १ फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनादेखि छिटो गतिका साथ अगाडि बढेको छ । गत असोज–कात्तिकमा १४।२५ मिटर प्रतिदिन सुरुङ खनिएकामा कात्तिक–मङ्सिरमा २०।३ मि, मङ्सिर–पुसमा २३।९ मि र पुस–माघमा २४ मिका दरले खनिएको छ । यो गति माघ–फागुनमा अझ बढ्ने...

आन्दोलनको समाचार प्रकाशन नगरेको भन्दै कान्तिपुरको गाडीमा आगजनी

२०७१ फागुन १ गते ६:१९

  बारा, १ फागुन– कान्तिपुर पत्रिकामा कलैयामा भइरहेको आन्दोलनको समाचार प्रकाशित नगरिएको विरोधमा आज लु १ च ४३३६ नम्बरको कान्तिपुरको जिपलाई आन्दोलनकारीहरुले आगो लगाइदिएका छन् । मालपोत, नापी, भूमिसुधार कार्यालय कलैयाबाट सिमरामा सार्ने सरकारको निर्णयबाट असन्तुष्ट भएका बारा उद्योग वाणिज्य सङ्घ, साना किसान पसल...

मोरङमा आगलागी, तीनवटा गाई जलेर मरे

२०७१ फागुन १ गते ५:४२

विराटनगर, १ फागुन– मोरङमा गएराति १२ बजे आगलागी हुँदा तीनवटा गाई जलेर मर्नुका साथै तीन लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । डाइनिया–२ स्थित इसाद आलमको भान्साघरबाट सल्किएको आगोले छिमेकी जाबुल मियाँको समेत घर जलेर नष्ट भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको...

झुण्डिएको अवस्थामा भेटिइन् १६ वर्षे युवती

२०७१ फागुन १ गते ५:०३

महोत्तरी, १ फागुन– महोत्तरीको मेघनाथ गोरहन्ना गाविसमा बिहीबार साँझ झुन्डिएको अवस्थामा एक युवतीको शव बरामद भएको छ । मेघनाथ गोरहन्ना– १ स्थित वनमा कदमको रुखमा झुन्डिएको अवस्थामा स्थानीय भिषण सदाकी १६ वर्षीया छोरी सदिया सदाको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ...

जाडो छल्न बालेको आगोले लियो वृद्धाको ज्यान

२०७१ फागुन १ गते ४:५७

पर्सा, १ फागुन– पर्साको सेढवा गाविसमा आज बिहान आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । बिहानको जाडो छल्न धुरको आगो ताप्न बसेका सेढवा–१ निवासी ६५ वर्षीय सोमारी माझीको कपडामा आगो लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीबाट गम्भीर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us