खोटाङ, २९ माघ– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान बनाउने जिम्मेवारी काँग्रेसको काँधमा आएकाले सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गरेरै छाड्ने बताएका छन् । खोटाङको चिसापानीमा निर्माण गरिएको स्वर्गीय हर्कबहादुर राईको सालिक अनावरण कार्यक्रममा उनले एमाओवादीलगायतका दलले अवरोध गरिरहे प्रक्रियामा गएर भएपनि...
पाँचथर,२९ माघ– एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ शिराबाट सहमति खोज्न सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् । पार्टीको राजनीतिक प्रशिक्षण कार्यक्रमका लागि पाँचथर आएका श्रेष्ठले बिहिबार पत्रकारसँग कुरा गर्दै सहमतिबाटै संविधान निर्माण गर्नुपर्ने धारणा राखे । अहिले गर्न लागेको आन्दोलनमा जनताले पूर्ण साथ...
काठमाण्डु, २९ माघ– विहिबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयको दैनिक समाचार बुलेटिनले जनाए अनुसार रत्नगर नगरपालिका–७ स्थित सडकमा ना १ त १२७५ नम्बरको ट्याक्टरबाट बिहिबार खस्न गई गम्भीर घाइते भएका सह–चालक १८ वर्षीय सन्दिप परियारको...
चितवन, २९ माघ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वैदेशिक हस्तक्षेपका कारण नेपालमा संविधान बन्न नसकेको बताएका छन् । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आज चितवनको नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विदेशी हस्तक्षेप बन्द नभएसम्म नेपालमा संविधान बन्न नसक्ने बताए । छिमेकी...
काठमाण्डु, २९ माघ– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आमनागरिकको आकांक्षाअनुसार प्रभावकारी सेवा प्रदान गर्न प्रहरी प्रशिक्षणलाई अझै स्तरीय बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । प्रहरी महानिरीक्षक अर्यालले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २३औं बाषिकोत्सवका अवसरमा विहीवार आयोजित विशेष समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।...
काठमाण्डु,२९ माघ– विभिन्न पार्टीमा विभाजित माओवादीका नेताहरूले परिवर्तनको एजेण्डा संस्थागत गर्न आफूहरू मिलेर सङ्घर्षमा जाने बताएका छन् । प्रा।डा। गोपाल सिवाकोटीले लेखेको ‘माक्र्सवादी राजनीतिकशास्त्र’नामक पुस्तकमाथि चर्चा गर्न बिहिबार आयोजित छलफल कार्यक्रममा उनीहरूले माओवादी विभाजनको फाइदा उठाई यथास्थितिवादी संविधान ल्याउन खोजिएको बताउँदै त्यसलाई रोक्न मिलेर...
काठमाण्डु, २९ माघ– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई फेरि आन्दोलित हुन आह्वान गरेका छन् । १९ औं जनयुद्ध दिवसको अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्ध लगायतका आन्दोलनको उपलब्धि रक्षाका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको जिकिर गरेका हुन् । ‘नेपाली जनताको महान् बलिदानबाट प्राप्त उपलब्धिलाई...
काठमाण्ड, २९ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहायक महामन्त्री गोविन्दविक्रम शाहसहित साढे दुई दर्जन नेता–कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कार्यालय बल्खुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेललगायतका नेताले शाहलाई स्वागत गरेका हुन् । शाह जाजरकोटका...
भक्तपुर,२९ माघ– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनका कार्यक्रम रोकेर मात्र वार्तामा बस्ने बताएका छन् । रफत सञ्चार क्लव भक्तपुरले बिहिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष ठाकुरले वार्ता र आन्दोलन एकैसाथ जान नसक्ने बताउँदै वार्तामा जानुअघि आन्दोलन रोकेर जानुपर्ने धारणा राखेका थिए...
काठमाण्डु, २९ माघ– एमाओवादीले ल्यारक्याल लामा सभासद् नियुक्ति प्रकरण विवादित हुनुमा निर्वाचन आयोग जिम्मेवार रहेको आरोप लगाएको छ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक आग्रहबाट प्रेरित भएर विषयलाई विवादास्पद बनाउन भूमिका खुलेको ठहर उसको छ । नेता गोपाल किरातीले लामालाई सभासद् मनोनयन गर्न...
ललितपुर,२९ माघ– आउँदो प्रणय दिवसका लागि करिब रु ४० लाखको रातो गुलाफको फूल काठमाडौँ भित्रिएको छ । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ । ‘फ्लोरीकल्चर एसोसिएसन’का अध्यक्ष लोकनाथ गैरेका अनुसार यस वर्ष प्रणय दिवसका लागि एक लाखवटा रातो गुलाफ भारतबाट ल्याइएको हो । गत वर्ष...
काठमाण्डुं, २९ माघ– हिन्दूराष्ट्र संयुक्त संघर्ष समितिले भोलि फागुन १ गते संविधानसभा घेराउ गर्ने भनेको कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ । बिहीबार समितिका तर्फबाट संयोजक कुमारबहादुर थापाले प्रेस विज्ञप्ति जारी गर्दै समितिका सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्ला भ्रमणमा रहेको र राजधानी फर्किने कार्यक्रम...