भक्तपुर, १४ पुस – एमाले नेता एवम् संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले समानुपातिक सभासद चयनमा पार्टीले कमजोरी गरेको बताएका छन् । रफत सञ्चार क्लव भक्तपुरले आइतबार आयोजना गरेको कार्यक्रममा नेम्वाङले सभासद चयनमा भएको कजोरी नसच्याए पार्टीलाई क्षति पुग्ने बताएका हुन् । सभासद चयनमा एमालेले...
काठमाण्डु, १४ पुस – वन तथा भू–संरक्षण मन्त्रालयले वन विकास कोषका नाममा व्यवसायीहरुबाट उठाइएको रकमको खर्चसम्बन्धी कार्यविधि बनाउने भएको छ । मन्त्रालयले खर्चसम्बन्धी उपयुक्त कार्यविधि नबनाउँदा कोषको नाममा व्यवसायीबाट उठाइएको ३० करोडभन्दा बढी रकम अलपत्र परेपछि यससम्बन्धी उपयुक्त कार्यविधि बनाउन लागिएको मन्त्रालयले जानकारी दिएको...
काठमाडौ, पुस १४ – तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले मेधेसी दलहरुबीच एकता हुनुपर्नेमा जोड दिएको छ । तमलोपा केन्द्रीय समितिको बैठकले मधेस केन्द्रित दलहरुबीच एकता हुनुपर्ने निष्कर्ष निकालेको हो । अहिलेको परिपेक्ष्यमा मधेशी दलहरु बीच एकता, सहकार्य र समक्षदारी अत्यावश्यक हुनपुगेको तमलोपाको निष्कर्ष...
गुल्मी, १४ पुस – जबर्जस्ती करणीबाट शिशु जन्माएकी गुल्मी हवाङ्दीकी एक दलित किशोरी न्याय नपाएर अलपत्र परेकी छिन् । हवाङ्दी गाविस–७ निवासी चित्रबहादुर घर्तिमगरको करणीबाट वडा नम्बर ४ की १४ वर्षीया नेपाली थरकी युवतीले बच्चा जन्माए पनि घर्तिमगर भागेपछि किशोरी अलपत्र परेकी हुन् ।...
ओखलढुङ्गा, १४ पुस – ओखलढुङ्गाको फूलबारी गाविसमा रहेको पशुसेवा केन्द्र दुई वर्षदेखि शौचालयमा सञ्चालन भइरहेको छ । केन्द्रको नवनिर्मित भवनमा सशस्त्रको क्याम्प राखेपछि शौचालयको कोठामा कार्यालय सञ्चालन गनुपरेको कार्यालयले जनाएको छ । द्वन्द्वकालमा ध्वस्त सेवा केन्द्रको भवन दुई वर्ष पहिले निर्माण सम्पन्न भए पनि...
म्याग्दी, १४ पुस – जिल्लाका विभिन्न गाविसमा सीमा विवादका कारण सामाजिक द्वन्द्व बढ्दै गएको छ । वैज्ञानिक तरिकाले प्राकृतिक स्रोत र साधनको बाँडफाँट हुन नसक्दा एक दर्जन गाविसमा सीमा विवाद देखिएको हो । बीस वर्षदेखिको विवाद साम्य नहुँदा स्थानीयवासीबीच पटकपटक झडप भई सामाजिक सद्भावसमेत...
काठमाण्डु-अभिनेता भुवन केसीले एमालेले एमालेले आफूलाई सभासद नबनाएपनि आफूले पार्टी नछोड्ने बताएका छन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर केसीले आफू सभासद नभएपनि एमालेमै रहने प्रतिबद्धता जनाए । केसीले आफू पद प्राप्तीका लागि भन्दा पनि एमालेको सिद्धान्त मन परेकाले राजनीतिमा लागेको भन्दै पार्टी र...
भद्रपुर, १४ पुस–झापाको सतासीधाम–७ स्थित दुधेबजारस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका तीनजनाको जलेर मृत्यु भएको छ । गणेश बजगार्इंको दुईतले काठको घरमा आगो लाग्दा ३६ वर्षीया मनिका भट्टराई, उनका छोराहरु १२ वर्षीय नितेष र सात वर्षीय निसानको घटनास्थलमै मृत्यु भएको हो । मोरङको...
काठमाण्डु, १४ पुस–वीर अस्पताल आकस्मिक विभागमा कार्यरत चिकित्सक डा. भरत थापाको हृदयाघातका कारण मृत्यु भएको छ । एमडिजिपी पढेका थापा ५ बर्षदेखिदेखि बीर अस्पतालको आकस्मिक विभागमा कार्यरत थिए । स्थायी घर गोरखा भएका थापाले गोरखाको आँपपिपलस्थित मिसन अस्पताल र इलाम अस्पतालको प्रमुखको रुपमा समेत...
कञ्चनपुर, १४ पुस–भारतीय दुधुवा नेसनल पार्कबाट नेपाली बस्ती छिर्ने हात्तीको बथानले कञ्चनपुरको परासन गाविस–८ मा आतङ्क मच्चाएको छ । साँझ नहुँदै बस्ती छिर्ने हात्तीको बथानले स्थानीय तीनजना बासिन्दाको घर भत्काउनुका साथै घरभित्र राखेको अन्न सबै खाएर नोक्सानी पुर्याएको छ । स्थानीय बासिन्दाले लगाएको गहुँ...
नवलपरासी, पुस १४ गते–पूर्व जनसेनाले नवलपरासीको कावासोतीमा बनाएको शहिद स्मृतिद्वार नेपाली सेनाले भत्काएपछि नवलपरासीका दुबै माओवादीले नेपाली सेनाको सो कार्यको विरोध गरेका छन् । विस्तृत शान्ति सम्झौता पछि तात्कालिन नेकपा (माओवादी)ले निर्माण गरेको जनमुक्ति सेनाले अस्थायी शिविरमा बस्ने क्रममा नवलपरासीको कावासोतीको फलफूल चोकमा शहिदहरुको...
काठमाण्डु १३ पुस–समानुपातिक सभासद छनौट प्रति असन्तुष्टी व्यक्त गर्दै एमालेका आकाँक्षीहरुले राजीनामा दिन थालेका छन । नेकपा (एमाले) सोलुखुम्बुका सम्पूर्ण पदाधिकारीले शनिवार सामूहिक राजीनामा दिएका छन् । अन्य जिल्ला पनि असन्तुष्टी व्यक्त गर्दै राजीनामा दिने लहर चलेको एमालेका असन्तुष्ट नेताहरुले बताएका छन । समानुपातिक...