समाचार टिप्पणी/काठमाण्डु, २८ माघ– संविधान निर्माण सहमतीय आधारमा गर्ने कि बहुमतीय भन्ने मुद्दामा टाढिएका दलहरु क्रमशः नजिक हुँदै गएका छन् । पछिल्ला केही घटनाक्रमहरुले सत्तापक्ष बिस्तारै बिस्तारै झुक्दै गएको देखिएको छ । सरकार र सत्तापक्षीय दलहरुले पछिल्ला दिनमा गरेका केही निर्णयहरुले सत्तापक्ष क्रमशः झुक्दै...
हुम्ला,२८ माघ– सदरमुकाम सिमिकोटदेखि सात कोस टाढा पर्ने ठेहे गाविस–९ देजाम गाउँका भियाल लामा र फागलडप लामा हिम पहिरोमा परी बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका बेला उनीहरू हिमपहिरोमा परी बेपत्ता भएका हुन् । उनीहरूको स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा खोजी कार्य...
काठमाण्डु,२८ माघ– संविधानसभामा शतप्रतिशत सहमति हुन नसक्ने भएकोले अब अधिकतम सहमतिको लागि प्रयास गरी संविधान जारी गर्नुपर्नेमा विभिन्न दलका नेताले जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा वार्ताको लागि प्रधानमन्त्रीका तर्फबाट लिखित आग्रह भएपछि पनि एमाओवादी नेतृत्वको मोर्चा वार्तामा...
पोखरा,२८ माघ– नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको एघारौँ बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृहमन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालले गरेका थिए भने भारतीय पक्षको नेतृत्व भारतको गृह मन्त्रालयमा सीमा व्यवस्थापन हेर्ने सहसचिव हितेशकुमार एस मकवानाले गरेका थिए । उक्त...
काठमाण्डु, २८ माघ– एकीकृत नेकपा माओवादीका नेता लीलामणि पोख्रेलले आन्दोलनका उपलब्धि गुम्ने अवस्थामा वार्तामा बस्नुको औचित्य नरहेको बताएका छन् । रिपोर्टस् क्लबले बुधबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सत्तापक्षले सहमति बेगर कार्य गर्दै गएको बताएका हुन् । नेता पोख्रेलले प्रश्नावली समिति खारेज गरेर...
काठमाण्डु, २८ माघ– अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ठूला भ्रष्टचारीलाई कारवाही गर्नु आफ्नो चुनौती भएको बताएका छन् । बुधवार अख्तियारको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा वोल्दै कार्कीले विहान उठ्ने वित्तीकै देखि ठुला माछा कसरी समात्ने भन्ने चिन्ता हुने बताए । सबैको साथ र सहयोग...
काठमाण्डु, २८ माघ– स्विजरल्यान्डको एचएसबीसी बैंकमा ८ नेपालीको ५ अर्ब ४० करोड रुपैयाँ (५४ मिलियन अमेरिकी डलर) कालोधन लुकाएर राखिएको खुलासा भएपछि ती को–को होलान् भन्ने चासो धेरैले राख्ने गरेका छन् । एक संस्थाले उपलब्ध गराएको सूचनाका आधारमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले केही दिनअघि सो...
कञ्चनपुर, २८ माघ– एमाओवादी नेता बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जंगबहादुरको जस्तो व्यवहार प्रदर्शन नगर्न आग्रह गरेका छन् । क्रान्तिकारी पत्रकार संघले बुधबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले संविधानसभामा मतदान प्रक्रिया नरोकिए देशमा दुर्घटना हुने चेतावनी समेत दिए ।...
काठमाण्डु,२८ माघ– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले बुधबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । भेटको अवसरमा उनीहरुबीच संविधान निर्माण,दुई देशबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको व्यवस्थापिका–संसद सचिवालयले जनाएको छ ।...
काठमाण्डु, २८ माघ– एमडी अध्ययनका लागि नाम निकाली दिने भन्दै ६० लाख ठगेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीर अस्पताल कर्मचारी युनियनका सचिव दिपक मुडभरीसहित नुवाकोट घर भई गंगबु बस्ने मुडभरी, नवपरासी घर भई महाराजगञ्ज बस्ने राजेश कहाँर र...
नेपालगन्ज,२८ माघ– बाँके जिल्ला पशुसेवा कार्यालयले कृषकलाई घाँस तथा पराल काट्ने ‘चारा मेसिन’उपलब्ध गराउँदै आएको छ । ५० प्रतिशत अनुदानमा कृषकलाई मेसिन उपलब्ध गराउने गरिएको कार्यालयले जनाएको छ । कार्यक्रमअन्तर्गत जिल्लाका सीतापुर,बागेश्वरी,भवनियापुर,कम्दी,बैजापुर,कोहलपुरलगायतका गाविसमा मेसिन वितरण गरिएको छ । कुल ३६ गाविस रहेको यस जिल्लाका...
काठमाण्डु,२८ माघ– नेपाल पत्रकार महासङ्घ रासस शाखाद्वारा स्थापित विसं २०७१ को ‘रासस पत्रकारिता पुरस्कार’ रासस नेपाली डेस्कका प्रधान सम्पादक राजु शाक्य र अन्तर्राष्ट्रिय डेस्क प्रमुख सुरेन्द्रबहादुर नेपालीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही रु १० हजारसहित सम्मानपत्र रहेको छ । हरेक वर्ष...