हिम पहिरोमा दुईजना बेपत्ता

काठमाण्डु टुडे २०७१ माघ २८ गते १३:१९ मा प्रकाशित

humla map
हुम्ला,२८ माघ– सदरमुकाम सिमिकोटदेखि सात कोस टाढा पर्ने ठेहे गाविस–९ देजाम गाउँका भियाल लामा र फागलडप लामा हिम पहिरोमा परी बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका बेला उनीहरू हिमपहिरोमा परी बेपत्ता भएका हुन् ।

उनीहरूको स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कुँवरले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us