समाचार

बाबुको हत्या आरोपमा छोरा पक्राउ

२०७० पुष १५ गते ७:५२

रौतहट, १५ पुस – रौतहटको लक्ष्मीनियाँ गाविस–२ विजयपुर टोलमा कुटपिट गरी बाबुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सत्तरी वर्षीय सुकदेव दास तत्माको गएराति आफ्नै छोराको कुटपिटबाट ज्यान गएपछि प्रहरीले उनका २८ वर्षीय छोरा वीरेन्द्रदास तत्मालाई पक्रिएको हो । कुटपिटबाट...

दार्चुलामा अनौठो गुफा भेटियो

२०७० पुष १५ गते ६:३६

दार्चुला, १५ पुस । दार्चुलाको बानीस्थित धौखानीमा पुरानो त्रिभुज आकारको गुफा भेटिएको छ  उक्त गुफा २० मिटर लामो, पाँच मिटर अग्लो र तीन मिटर चौडा छ । गुफाभित्र अनौठा किसिमका आकृतिहरु रहेको बताइन्छ । मालिकार्जुन पर्यटन पूर्वाधार विकास समितिले गुफाको संरक्षण गर्ने भएको छ...

पूर्वाञ्चलमा मनोज ग्यास अभाव

२०७० पुष १५ गते ६:३२

विराटनगर, १५ पुस – पूर्वाञ्चलमा खाना पकाउने मनोज ग्यासको अभाव भएको छ । पर्साको वीरगन्जमा रहेको मनोज ग्यास उद्योगले पूर्वाञ्चलमा ग्यास उपलव्ध नगराउँदा उपभोक्ता मर्कामा परेका छन् । यस उद्योगको पूर्वाञ्चल क्षेत्रमा विराटनगर, इटहरी,  धरान र धनकुटालगायतका शहरमा आधा दर्जन बिक्रेता रहेका छन् ।...

एमालेमा कसरी गोल्छाको नाम सर्वसम्मत ?

२०७० पुष १५ गते ५:४८

काठमाण्डु, १५ पुस–समानुपातिक सभासद चयनलाई लिएर नेकपा एमालेमा असन्तुष्टि चुलिएको छ । असन्तुष्ट एमाले कार्यकर्ताहरुले बिभिन्न जिल्लाका पार्टी कार्यालयहरुमा तालाबन्दी गरेका छन् । समानुपातिक सभासदको अन्तिम सूचीमा जिल्लाबाट एकजना पनि प्रतिनिधि नपरेपछि एमाले कार्यकर्ताहरुले नुवाकोट पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । नुवाकोटबाट महेन्द्रबहादुर...

जनवादलाई न्याय दिन के गर्ने ?

२०७० पुष १५ गते ५:२५

काठमाण्डु, १५ पुस– एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभा चुनावमा नराम्रोसँग पराजय व्यहोरेपछिको बहस र चर्चा अझै सेलाएको छैन । कतिपयले नेतृत्वको नैतिकतामा प्रश्न उठाएका छन् भने कतिपयले एमाओवादी विरोधी षडयन्त्रकारीतर्फ औंला सोझ्याएका छन् । केन्द्रीय कार्यालय, पूर्वपोलिटव्युरो र केन्द्रीय समितिसम्मको बैठकमा गरिएको समिक्षाले हार्नुमा...

बस दुर्घटनामा १० जना घाइते

२०७० पुष १५ गते ३:४८

काठमाण्डु, १५ पुस– पूर्वपश्चिम राजमार्ग अन्तरगत धनुषाको बेंङ्गाडाबरमा यात्रुबस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । काठमाण्डुबाट सिराहाको लागि छुटेको ना ४ ख ७७३० नम्बरको बस जमुनिबासमा सोमबार विहान सडक छेउँमै पल्टिएको हो । घाइतेहरुलाई उपचारको लागि जनकपुर अन्चल अस्पतालमा पठाइएको इलाका...

जेसिजको राष्ट्रिय अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

२०७० पुष १५ गते ३:०५

बागलुङ, १५ पुस–नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा काठमाण्डुका सुशीलबाबु श्रेष्ठ चयन भएका छन् । बागलुङमा जारी नेपाल जेसिजको ४० औं राष्ट्रिय महाधिवेशनबाट काठमाण्डु जेसिजका पूर्वअध्यक्ष श्रेष्ठ सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन् । अध्यक्षका लागि उम्मेदवारी दिएका इनरुवा जेसिजका पूर्वअध्यक्ष वीरेन्द्रकुमार साहले श्रेष्ठलाई समर्थन गरेपछि सर्वसम्मतरुपमा...

‘जनभावना सम्वोधन हुने संविधान बनोस्’

२०७० पुष १५ गते २:५३

काठमाण्डु, १५ पुस–राष्ट्रपति रामवरण यादवले नयाँ संविधानसभाले छिट्टै नेपाली जनताको भावना सम्वोधन हुने संविधान जारी गर्ने विश्वास व्यक्त गरेका छन् । तमु ल्होछारको अवसरमा सोमबार शुभकामना सन्देश दिदै राष्ट्रपति यादवले यस्तो विश्वास व्यक्त गरेका हुन् । राष्ट्रपति यादवले देश तथा विदेशमा रहेका सम्पूर्ण तमु...

तमु ल्होछार हर्षोल्लासका साथ मनाईंदै

२०७० पुष १५ गते २:४३

काठमाण्डु, १५ पुस– तमु (गुरुङ) समुदायको महान् चाड ल्होछार सोमबार हर्सोउल्लासका साथ मनाइदैछ । देश भित्र र बाहिर रहेका गुरुङ समुदायले सामुहिक रुपमा ल्होछार अर्थात नयाँ वर्षको स्वागतसँगै मिठा परिकार खाइ एकअर्कामा शुभकामना आदानप्रदान गरेर मनाउदैछन् । हरेक १२ वर्षमा युग परिवर्तन हुने विश्वासका...

दलहरु समानुपातिक सभासद छान्न व्यस्त

२०७० पुष १५ गते २:१७

काठमाण्डु, १५ पुस– एकीकृत नेकपा माओवादीलगायत दलले समानुपातिक सभासदहरुको सूची सोमबार निर्वाचन आयोगमा बुझाउदै छन् । सूचीलाई अन्तिम रुप दिन दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । स्राेतका अनुसार एकीकृत नेकपा माओवादीले समानुपातिक सभासदको सूची तयार पारेको छ । सूचीलाई सोमबार केन्द्रीय कार्यालयले अन्तिम रुप...

आयोगमा सूची बुझाउने आज अन्तिम दिन

२०७० पुष १५ गते १:५४

काठमाण्डु, १५ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फको सूची बुझाउन दलहरुलाई दिएको अन्तिम समय सीमा सोमबार सकिदै छ । आज अन्तिम दिन भएकाले निर्वाचन आयोगमा दलहरुले आफूले पाएको समानुपातिक कोटा अनुसार सभासदहरुको सूची बुझाउदै छन् । सूची तयार पार्न दलहरु विहानैदेखि छलफलमा व्यस्त छन् ।...

बस बिसौनीको योजना अलपत्र

२०७० पुष १५ गते १:४७

महोत्तरी, १५ पुस– जग्गा मुआब्जाको विषयमा निर्णय नहुँदा पूर्वपश्चिम र बिपी राजमार्गको मुख्य विन्दु बर्दिवासमा बनाउने भनिएको बस बिसौनी निर्माण अलपत्र परेको छ । जग्गाधनीले फुटपाथको मुआब्जाको माग गरेपछि बस बिसौनी निर्माण कार्य अलपत्र परेको हो । मुआब्जा नदिएसम्म निर्माण कार्य रोक्न माग गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us