समाचार

दलहरु समानुपातिक सभासद छान्न व्यस्त

२०७० पुष १५ गते २:१७

काठमाण्डु, १५ पुस– एकीकृत नेकपा माओवादीलगायत दलले समानुपातिक सभासदहरुको सूची सोमबार निर्वाचन आयोगमा बुझाउदै छन् । सूचीलाई अन्तिम रुप दिन दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । स्राेतका अनुसार एकीकृत नेकपा माओवादीले समानुपातिक सभासदको सूची तयार पारेको छ । सूचीलाई सोमबार केन्द्रीय कार्यालयले अन्तिम रुप...

आयोगमा सूची बुझाउने आज अन्तिम दिन

२०७० पुष १५ गते १:५४

काठमाण्डु, १५ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फको सूची बुझाउन दलहरुलाई दिएको अन्तिम समय सीमा सोमबार सकिदै छ । आज अन्तिम दिन भएकाले निर्वाचन आयोगमा दलहरुले आफूले पाएको समानुपातिक कोटा अनुसार सभासदहरुको सूची बुझाउदै छन् । सूची तयार पार्न दलहरु विहानैदेखि छलफलमा व्यस्त छन् ।...

बस बिसौनीको योजना अलपत्र

२०७० पुष १५ गते १:४७

महोत्तरी, १५ पुस– जग्गा मुआब्जाको विषयमा निर्णय नहुँदा पूर्वपश्चिम र बिपी राजमार्गको मुख्य विन्दु बर्दिवासमा बनाउने भनिएको बस बिसौनी निर्माण अलपत्र परेको छ । जग्गाधनीले फुटपाथको मुआब्जाको माग गरेपछि बस बिसौनी निर्माण कार्य अलपत्र परेको हो । मुआब्जा नदिएसम्म निर्माण कार्य रोक्न माग गर्दै...

चौध दलले अन्तिम दिन सभासद छान्ने

२०७० पुष १४ गते १६:२७

एकीकृत माओवादी जस्तै कांग्रेसले पनि अन्तिम दिन समानुपातिक सभासदको सूची बुझाउने भएको छ सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र तेश्रो ठूलो दल एकीकृत नेकपा माओवादीले आ-आफ्नो भागमा परेका समानुपातिक प्रणाली तर्फका सभासदको सूचि निर्वाचन आयोगले तेश्रो पल्ट थपिदिएको म्याद सकिने दिन सोमवार मात्र...

पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढ्ने

२०७० पुष १४ गते १४:५९

काठमाण्डु, १४ पुस- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । ११ विद्यार्थी संगठन र निगमबीच आइतबार भएको छलफलमा नियम र विद्यार्थीहरुबीच यस्तो सहमति भएको हो । छलफलमा निगमका अधिकारीहरुले घाटा बढेको भएपनि सरकारले अनुदान नदिएको भन्दै मूल्यबृद्धि गर्नुपर्ने तभए पेट्रोलियम पदार्थ...

लक्ष्मीकली उत्कृष्ट हात्ती

२०७० पुष १४ गते १४:५८

चितवन, १४ पुस– चितवनको सौराहामा जारी हात्ती महोत्सवअन्तर्गत हात्ती सुन्दरी प्रतियोगितामा लक्ष्मीकलीले उत्कृष्ट हात्ती सुन्दरीको ताज पहिरिएको छ । आइतबार भएको अन्तिम प्रतिस्पर्धामा पिङ्कीकली र प्रकृतिकलीलाई पछि पार्दै लक्ष्मीकलीले उत्कृष्ट हात्ती सुन्दरीको ताज पहिरिएको हो । चौध वर्षीय युनाइटेड हात्ती सफारीको लक्ष्मीकलीले ८५ दशमलव...

काँग्रेसमा अन्तरघातको किचलो कायमै

२०७० पुष १४ गते १३:५६

जाजरकोट, १४ पुस – चुनावमा अन्तरघात गरेर पार्टीको आधिकारीक उम्मेदवारलाई हराएको भन्दै नेपाली काँग्रेस जाजरकोटले पाँचजना नेता विरुद्ध कारबाहीको सिफारिस गरेको छ । पार्टीका जिल्ला नेताहरु झलकनाथ वाग्ले, उनकी श्रीमती चिन्ताकुमारी वाग्ले, राम शाह, रमेश सिंह र सनत कार्की विरुद्ध कारबाहीको सिफारिस गरिएको हो...

मोन्सान्टोको विउ विक्री वितरण रोक्न रिट

२०७० पुष १४ गते १३:१४

काठमाण्डु, १४ पुस – मोन्सान्टोलगायतका कम्पनीका बीउबीजनको विक्रीमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । यस्ता कम्पनीको विउ विजन वितरण कार्यमा रोक लगाउन माग गर्दै आइतबार अधिवक्ता अर्जुनकुमार अर्यालले रिट दायर गरेका हुन् । मोन्सान्टोलगायतका कम्पनीबाट उत्पादन गरिएका विउ विजन...

अन्तरघातको अरोपमा अनुशासनको कारबाही

२०७० पुष १४ गते १३:१३

धादिङ, १४ पुस – गएको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा नेपाली काँग्रेस धादिङले नेपाल दरुण दलका जिल्ला अध्यक्ष र दुई जना महासमिति सदस्यमाथि अनुशासनको कारबाही गरेको छ । नेपाली काँग्रेस धादिङका सभापति एवम् धादिङ क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार...

अझै रोकिएन नेपालमा बालविवाह

२०७० पुष १४ गते १३:०९

काठमाण्डु, १४ पुस – कानुनले बालविवाहलाई पूर्ण निषेध गरेको भएपनि नेपालमा बालविवाह अझै चुनौतीको रुपमा रहेको छ  । बालविवाह गर्दा किशोरीहरुको स्वास्थ्य जोखिममा पर्ने  गरेको छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०६८ का अनुसार ४० प्रतिशत अर्थात १३ लाख किशोरी १९ वर्ष नपुग्दै विवाह...

एमालेको नुवाकोट कार्यालयमा तालाबन्दी

२०७० पुष १४ गते १२:५६

नुवाकोट, १४ पुस – नेकपा (एमाले)ले समानुपातिक सभासद्को अन्तिम सूचीमा  जिल्लाको प्रतिनिधित्व गर्ने एक जना पनि नपारेको भन्दै असन्तुष्ट कार्याकर्ताले जिल्ला पार्टी कार्यालयमा विदुरमा तालाबन्दी गरेका छन् । जिल्ला कमिटीको सचिवालय सदस्य राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा आएका कार्यकर्ताले विदुरस्थित पार्टी कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका...

राजधानीको सडक छिटो बनाउन रेग्मीको निर्देशन

२०७० पुष १४ गते १२:२८

काठमाण्डु, १४ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाण्डु उपत्यकाको सडक विस्तार तीव्र गतिमा अघि बढाउन सम्बद्ध निकायका अधिकारीलाई निर्देशन दिएका छन् । काठमाण्डु उपत्यका विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिको समीक्षा बैठकमा अध्यक्ष रेग्मीले कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका हुन् । संविधानसभा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us