रुपन्देही, २८ माघ– नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीसहितका ३० दलीय मोर्चालाई आन्दोलनको बाटो त्यागेर वार्ता र संवादको बाटोमा आउन आग्रह गरेका छन् । एमाओवादीका कारण तोकिएको समयमा संविधान जारी गर्न नसकिएको बताउँदै नेता नेपालले सबैको साझा प्रयासमा...
काठमाण्डु, २८ माघ– भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीको विजयलाई नेपालमा सबैले आफ्नो राजनीति अनुकूल समर्थन गरिरहेका छन् । एमाले सचिव योगेश भट्टराईले त मदन भण्डारीले भनेअनुसार नै केजरीवालले जितेको तर्क गरेका छन् । आम आदमी पार्टीका प्रमुख तथा दिल्ली राज्यका पूर्व मुख्यमन्त्री अरविन्द...
बागलुङ, २८ माघ–बागलुङमा सञ्चालित एक दालमोठ उद्योगमा आगलागी हुँदा लाखौँ मूल्यको धनमाल क्षति भएको छ । बागलुङ नगरपालिका–२ श्रीनगर टोलमा रहेको मनसुन दालमोठ उद्योगमा आगलागी हुँदा चार लाख मूल्यबराबरको क्षति भएको हो । उद्योगमा रहेको भट्टी विस्फोट भएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
नवलपरासी, २८ माघ– नवलपरासीको प्रतापपुर–४ स्थित गण्डक नहरमा जिप खस्दा जिप चालकको मुत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार प्रतापपुरबाट महलबारीतर्फ जाँदै गरेको लु१ज २४६९ नम्बरको जिप गण्डक नहरमा खस्दा जिपका चालक नवलपरासी रुपौलिया–५ बस्ने...
नुवाकोट, २८ माघ– देवीघाट जलविद्युत् आयोजनामा ल्याएको पानीको नहरमा परेर बेपत्ता भएकी महिला मृत अवस्थामा भेटिएको छ । आइतबार अपराह्नदेखि हराएको चारघरे–४ स्थायी ठेगाना भई वडा नम्बर ९ गौरीबेसीमा बस्दै आएकी ४३ वर्षीया बिन्दा तामाङलाई आज नहरभित्र मृत अवस्था भेटिएको हो । खसेको स्थानभन्दा...
कञ्चनपुर, २८ माघ– एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले तथा विपक्षी एकीकृत नेकपा माओवादी र मधेसवादीदलबीच सहमतिले मात्रै संविधान जारी हुन सक्ने बताएकमा छन् । क्रान्तिकारी पत्रकार सङ्घले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार...
काठमाण्डु, २८ माघ– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बुधबार राष्ट्रपति रामवरण यादवलाई भेटेका छन् । राष्ट्रपति भेट्न नेम्वाङ बिहानै शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसमक्ष उनले दलहरुबीच वार्ता र संवाद रोकिएको भन्दै वार्ताको वातावरण बनाइदिन राष्ट्रपतिलाई आग्रह गरेका छन् । राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिने क्रममा नेम्वाङले...
काठमाण्डु, २८ माघ– अमेरिकी सञ्चार माध्यमले भारतको दिल्ली विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता दलको लज्जाजनक पराजय हुनुमा प्रधानमन्त्री नरेन्द्र मोदी जिम्मेवार रहेको भन्दै समाचार सम्प्रेषण गरेका छ्न । न्यूयोर्क टायम्सले चुनावी मतपरिणामलाई मोदीका लागि राजनीतिक भूकम्पको संज्ञा दिएको छ । प्रधानमन्त्री भएको लामो समयसम्म मोदीले...
ताप्लेजुङ, २८ माघ– ताप्लेजुङमा एम्बुलेस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सदरमुकाम फुङलिङबाट नाङ्खोल्याङ बिरामी पुर्यामएर फर्कंदै गरेको मे १ च ३२३४ नम्बरको एम्बुलेन्स मेची राजमार्गअन्तर्गत नाङ्खोल्याङ–६ को खप्परे भीरबात सय मिटर तल खसेको हो । दुर्घटनामा एम्बुलेन्स चालक ताप्लेजुङकै २१ वर्षीय पदमकुमार...
म्याग्दी, २८ माघ– जिल्ला कारागार म्याग्दीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या देखिएको छ । बन्दीगृहका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको निर्माण गर्न नसक्दा कारागारमा रहेका कैदीबन्दीलाई समस्या भएको हो । पच्चीस पुरुष र सात महिला गरी ३२ जना कैदीबन्दी राख्न मिल्ने क्षमता रहेको कारागारमा...
पर्सा, २८ माघ– पर्सा जिल्लाको तुलसीवर्वा गाविसका स्थानीयवासी गाविसलाई खुला दिसामुक्त बनाउने अभियानमा जुटेका छन् । स्थानीय अगुवा खुला दिसामुक्त अभियानमा जुटे पनि गाउँ समाजका केही व्यक्ति अझै पनि खुला स्थानमा नै दिसा गर्ने हो कि भन्ने आशङ्का कारण गाविसको निर्णयबाटै खुला स्थानमा दिसा...
काठमाण्डु,२७ माघ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको ‘हेलो सरकार’मा यही आर्थिक वर्षको पुस मसान्तसम्ममा ३४ हजार ४०० उजुरी दर्ता भएका छन् । हेलो सरकार स्थापना भएको तीन वर्षको अवधिमा प्राप्त उक्त उजुरीमध्ये ९७ प्रतिशत अर्थात् ३३ हजार ४६२ उजुरी फछर्यौट गरिएको प्रधानमन्त्री तथा...