समाचार

नेपाल शिक्षक महासङ्घः घोषणासँगै विवाद

२०७१ माघ २७ गते १४:०८

काठमाण्डु, २७ माघ– मुलुकमा क्रियाशील तीन प्रमुख शिक्षक युनियनलाई समेटेर श्रमिक अधिकार प्राप्त हुने गठित ‘नेपाल शिक्षक महासङ्घ’ घोषणासँगै विवादित बनेको छ ।  विभिन्न विचार र आस्थालाई प्रतिनिधित्व गर्ने नेपाल शिक्षक युनियन,शैक्षिक गणतान्त्रिक मञ्च र मधेसी शिक्षक युनियनले आफ्ना केन्द्रीय भेलाबाट पारित गरी मंगलबार...

लोकतान्त्रिक संविधान जारी हुन्छ –प्रधानमन्त्री कोइराला

२०७१ माघ २७ गते १३:४१

काठमाण्डु,२७ माघ– प्रधानमन्त्री सुशील कोइरालाले ढिलै भएपनि लोकतान्त्रिक संविधान जारी गरेरै  छाड्ने दृढता व्यक्त गरेका छन् ।  नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूका लागि आयोजित तीनदिने प्रशिक्षण उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मुलुक र जनताको हितका लागि...

लामालाई सभासद् बनाएर पार्टीले गल्ती गरेको छः साह

२०७१ माघ २७ गते १३:३१

काठमाण्डु, २७ माघ– एनेकपा(माओवादी)का पोलिटब्युरो सदस्य प्रभु साहले विवादास्पद छवि’का ल्ह्यारक्याल लामालाई सभासद् बनाउनु पार्टीका लागि समेत नैतिक रुपमा गलत निर्णय भएको बताएका छन ।  सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा साहले सो कुरा बताएका हुन् ।  जनयुद्धका क्रममा योगदान गरेका,विभिन्न कालखण्डमा दुःख पाएका अन्य...

देशले द्धन्द्ध थेग्न सक्दैन–गच्छदार

२०७१ माघ २७ गते १३:१२

काठमाण्डु,२७ माघ– मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान अवस्थामा देशले आन्दोलन र द्धन्द्ध थेग्न नसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार बुझाएको ज्ञापनपत्र लिँदै उनले आन्दोलनका पक्षमा आफू नभएको बताउँदै आन्दोलन नभई सहमतिका साथ अघि बढनुपर्नेमा जोड दिए । एकीकृत...

बाह्र लाख गरिब घरपरिवारको लगत पहिचान

२०७१ माघ २७ गते १३:०१

काठमाण्डु,२७ माघ– गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा विवरण समन्वय बोर्डको सचिवालयले गरिब घरपरिवार पहिचानका लागि १२ लाख घर परिवारको लगत सङ्कलन गरेको छ । मंगलबार आयोजित अन्तक्र्रिया कार्यक्रममा बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले यसै आवभित्र २५ जिल्लामा गरिब घरपरिवार पहिचान गरी परिचयपत्र...

शैलेन्द्र सगरमाथामा मृत फेला

२०७१ माघ २७ गते १३:००

काठमाण्डु, २६ माघ– काठमाण्डु महानगरपालिका–९ गौशालास्थित सिराहा सगरमाथा गेष्ठ हाउसको कम्पाउण्डमा एक व्यक्ति मृत फेला परेका छन् । बिस्तृत पहिचान नखुलेका मुस्ताङ्गका अन्दाजी ३० बर्षीय शैलेन्द्र नाम गरेका व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धी थय अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

अधिकारी बन्दुकसहित पक्राउ

२०७१ माघ २७ गते १२:३८

धादिङ्ग, २७ माघ– मार्पाक–६ बस्ने ४६ बर्षीय बुद्धिबहादुर अधिकारीलाई प्रहरीले एक थान भरुवा बन्दुकसहित सोमबार पक्राउ गरेको छ । अधिकारीलाई प्रहरीले हतियार बोकी हिंडिरहेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...

लामा‘विज्ञ’भएर सभासद बनाएका हौः प्रवक्ता शर्मा

२०७१ माघ २७ गते १२:२९

काठमाण्डु,२७ माघ– एकीकृत नेकपा (माओवादी)ले केही दिन पहिले समानुपातिकतर्फको रिक्त सभासद पदमा ल्ह्यारकाल लामालाई विज्ञका रुपमा ल्याइएको बताएको छ । सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले मंगलबार विज्ञप्ति जारी गरी उनले विगतमा नै सफाइ पाइसकेको भन्दै बौद्ध समुदायका तर्फबाट एक विज्ञ व्यक्तित्वको हैसियतमा लामालाई पार्टीले...

सार्वजनिक यातायातमा भाडादर घट्यो

२०७१ माघ २७ गते १२:१३

काठमाण्डु,२७ माघ– पेट्रोलियम पदार्थमा निरन्तर मूल्य घटेपछि सरकारले बुधबारदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनको भाडा घटाएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सरोकार भएकाहरुसँग छलफल गरी सार्वजनिक यातायातमा २।०३ प्रतिशतले भाडा घटाएको जनाएको छ । मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले ट्याक्सीमा १।६ प्रतिशत...

रामचन्द्रले गरे आफूलाई भारतको आम आदमीसँग तुलना

२०७१ माघ २७ गते १२:०६

काठमाण्डु, २७ माघ– आम आदमी पार्टी भारतको दिल्ली विधानसभाको निर्वाचनको मतगणनामा अत्यधिक बहुमतसहित अग्रस्थानमा छ । यो विषयले अहिले भारतमा मात्र होइन नेपालमा पनि चर्चा पाएको छ । यसैक्रममा पार्टी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूलाई भारतको आम आदमीसँग...

कोइराला नेतृत्वको सरकार सफल कि असफल ?

२०७१ माघ २७ गते ११:५८

काठमाण्डु,२७ माघ– दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारले आफ्नो एकवर्षे कार्यकाल मंगलबार पूरा गरेको छ ।  नेपाली काँग्रेसका सभापति सुशील कोइराला आजकै दिन अर्थात् २०७० साल माघ २७ गते ३७औँ प्रधानमन्त्रीका रुपमा व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएयता मुलुकले थुप्रै आरोह अवरोह पार गरेको छ...

संयुक्तको नजरमा सत्तापक्ष र प्रतिपक्षी दुवै खराब

२०७१ माघ २७ गते ११:३४

काठमाण्डु, २७ माघ– नेपाल कम्युनिष्ट पार्टी संयुक्तले सत्तापक्ष र विपक्षीको व्यवहारले मुलुकमा ध्रुवीकरणको खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । रिपोर्टर्स क्लबमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रदेव जोशीले तत्काल वार्ता र संवादको प्रक्रियामार्फत सम्भावित ध्रुवीकरण रोक्न प्रमुख दलका नेतालाई आग्रह गरे ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us