समाचार

बिग्रिएर थन्किएपछि टोक्नु न बोक्नु भो भक्तपुरको दमकल

२०७१ माघ २७ गते ११:२९

  भक्तपुर, २७ माघ– आगलागीका घटना अत्यधिक हुने मौसम सुरु भए पनि आगो निभाउन तयारी अवस्थामा रहनुपर्ने भक्तपुरका दमकल जीर्ण भई बिग्रिएपछि टोक्नु न बोक्नु भएको छ । विगतमा भक्तपुर जिल्लादेखि काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, तातोपानीसम्म आगो निभाउन जाने यहाँका दमकल अहिले भक्तपुरमै आगलागी हुँदा...

जुँगाको लडाइँका कारण सहमति भएनः नेपाल

२०७१ माघ २७ गते १०:४२

बुटवल, २७ माघ– नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जुँगाको लडाइँ र प्रतिष्ठाका कारण सहमति बन्न नसकेको र संविधान पनि ल्याउन नसकेको बताउनुभएको छ । सहमतिकै नाममा एक वर्षको समय खेर गएको बताउँदै उहाँले संविधान निर्माणका लागि नेपाली काँग्रेस र नेकपा एमाले...

देश द्वन्द्वको मोडमा छः गच्छदार

२०७१ माघ २७ गते १०:१९

काठमाण्डु, माघ २७– मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले सहमतिको वातावरण निर्माणमा प्रधानमन्त्री सुशील कोइराला चुके देश द्वन्द्वमा जाने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले निर्वाह गर्ने भूमिकाले देश सहमति वा द्वन्द्वमा पुग्ने निक्र्यौल गर्ने बताए...

सत्य निरुपण र बेपत्ता आयोगमा नियुक्ति

२०७१ माघ २७ गते ९:१६

काठमाण्डु, २७ माघ– नेपाल सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्षसहितका पदाधिकारीको नियुक्ति गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोग गठनका लागि गठित छनोट समितिले सिफारिस गरेका व्यक्तिलाई दुई वर्षका लागि नियुक्त गरेको हो । सरकारले...

मेची नदीमा महिलाको शव फेला

२०७१ माघ २७ गते ८:५९

झापा, २७ माघ– भद्रपुरस्थित मेची नदीमा एक महिलाको शव फेला परेको छ । भद्रपुर–७ स्थित ३० वर्षीय रीतादेवी मण्डलको घर नजिकै रहेको मेची नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । मङ्गलबार बिहान बटुवाले खबर गरेपछि प्रहरी टोली घटनास्थल...

दुई दिनभित्र यातायातको भाडा घटाउन निर्देशन

२०७१ माघ २७ गते ८:३९

काठमाण्डु, २७ माघ– व्यवस्थापिका–संसद्को विकास समितिले पेट्रोलियम पदार्थमा निरन्तर मूल्य ओरालो लागेकाले सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन निर्देशन दिएको छ ।   समितिको सिंहदरबारमा बसेको बैठकपछि पेट्रोलियम पदार्थमा निरन्तर मूल्य समायोजन भए पनि जनताले अनुभव गर्नेगरी भाडा घट्न नसकेकाले भाडा घटाउन भौतिक पूर्वाधार...

जीवन बलिदान गर्नेको स्मरणमा शान्ति पार्क निर्माण हुँदै

२०७१ माघ २७ गते ८:२५

  काठमाण्डु, २७ माघ– मुलुकमा लोकतन्त्र स्थापनार्थ जीवन बलिदान गर्ने वीर सहिदहरुको सम्झनामा राजधानीको गोकर्णमा राष्ट्रिय सहिद तथा शान्ति पार्क निर्माण कार्य भइरहेको छ । गोकर्णेश्वर नगरपालिका जगडोल सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा ‘राष्ट्रिय सहिद पार्क’ निर्माणाधीन छ । सरकारको निर्णयअनुसार २०६७ साल जेठ...

प्रहरी चौकीलाई जग्गा दान

२०७१ माघ २७ गते ७:२६

गोरखा, २७ माघ– गोरखाको मुच्चोक गाविसका स्थानीय बासिन्दाले अस्थायी प्रहरी चौकी चनौटेको भवन निर्माणका लागि जग्गा दान गरेका छन् । मुच्चोक गाविस–२ का शिवप्रसाद देवकोटा र निउप्रसाद भट्टले चौकीलाई सित्तैमा जग्गा दान गर्नुभएको हो । दुईजनाले एक रोपनी क्षेत्रफलमा फैलिएको जग्गा प्रहरी चौकी भवन...

बाबुरामले भने, ‘ल्यारक्याल एमाओवादीको जुम्रो’ !

२०७१ माघ २७ गते ६:५७

काठमाण्डु, २७ माघ– पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले सभासद ल्यारकाल लामालाई घुमाउरो भाषामा ‘एमाओवादीको जुम्रो’ भनेका छन् । नेता भट्टराईले लामालाई सभासद बनाएकोमा भएको आलोचनाको जवाफ दिँदै कांग्रेस–एमालेको आङमा ‘भैंसी’ हिंडिरहेको बताएका छन् । सोमबार ट्वीट गर्दै भट्टराईले एमाओवादीको आलोचना गर्नेहरुले...

समयमा काम पूरा नगर्ने ठेकेदारमाथि कारबाही

२०७१ माघ २७ गते ६:४०

सिरहा, २७ माघ– सम्झौता गरेर पनि समयमै सडक निर्माणको काम पूरा नगर्ने निर्माण कम्पनीहरुमाथि पूर्वाञ्चल डिभिजन सडक कार्यालय लहानले कारबाही सुरु गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन ३६ वटा सडकको निर्माणका लागि सम्झौता गर्ने तर समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुमाथि कारबाही...

प्रचण्डको आग्रहमा वार्ताको लागि आह्वान गरेः प्रधानमन्त्री

२०७१ माघ २७ गते ५:५४

काठमाण्डु, २७ माघ– प्रधानमन्त्री सुशील कोइरालाले सहमति र समझदारीमा नै संविधान निर्माण होस भनेर आफू ‘गेट क्र्यास’ गरेर एनेकपा माओवादी नेता पुष्प कमल दाहालको घरसम्म पुगेको र उनीहरुकै आग्रहअनुसार वार्ताको लागि सार्वजनिक आह्वान गरेको पनि बताएका छन् । नेपाल मजदुर किसान पार्टीका तर्फबाट सभासद्...

भीमदत्तको जसरी टाउको छिनाउन तयार रहेको बाबुरामको घोषणा

२०७१ माघ २७ गते ५:३५

डडेलधुरा, २७ माघ– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले मुलुकमा प्रतिक्रान्तिको खतरा बढेको भन्दै त्यसविरुद्ध जस्तोसुकै संघर्ष गर्न आफूहरु तयार रहेको बताएका छन् । जनपरिचालन तथा भण्डाफोर अभियानअन्तर्गत पश्चिम कमाण्डको नेतृत्व गरेका भट्टराईले डडेलधुरा सदरमुकाम अमरगढीमा मंगलबार भएको पत्रकार भेटघाटमा भने, ‘यो सूदुरपश्चिम भीमदत्त पन्तको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us