समाचार

ल्हारक्याललाई सभासद् बनाएपछि एमाओवादीमा रँडाको

२०७१ माघ २६ गते ९:३९

काठमाण्डु, २६ माघ– विवादास्पद छविका ल्हारक्याल लामालाई सभासद बनाएकामा एमाओवादीभित्र शीर्ष नेतृत्वको चर्को आलोचना भएको छ । पार्टी पदाधिकारीभित्रैबाट त्यसको विरोध हुन थालेको छ । श्रोतका अनुसार उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सबैभन्दा बढी आक्रोशित बनेका छन् । महासचिव कृष्णबहादुर महरा पनि त्यसको विरोधमा छन् ।...

२२ हजार कुखुरा पक्राउ परे र मारिए !

२०७१ माघ २६ गते ९:३९

काठमाण्डु, २६ माघ– सशस्त्र प्रहरी बलले एकै पटकमा हजारौं कुखुराका चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाले अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा कुखुराका चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक कमल तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरी...

प्रस्ताव निर्माण समितिले बनायो दुई सय ३२ प्रश्न

२०७१ माघ २६ गते ९:२६

काठमाण्डु, २६ माघ– प्रस्ताव निर्माण समितिले संविधान निर्माणका क्रममा देखिएका विभिन्न विवादित विषयका सम्बन्धमा दुई सय ३२ वटा प्रश्न तयार गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले संविधान निर्माणमा देखिएका विवादको हल खोज्न एक सय ९२ वटा मूल प्रश्न र ४० सहायक प्रश्न...

केपी ओलीको मानसिक सन्तुलन गुम्यो, राँची लानुपर्छः महतो

२०७१ माघ २६ गते ९:१३

सुनसरी, २६ माघ– सदभावना अध्यक्ष राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीको मगज बिग्रिएकाले उपचारका लागि राँची लानुपर्ने दोहो¥याएका छन् । सुनसरीको तरहरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले ओलीको मानसिक सन्तुलन बिग्रिएको आरोप लगाए । ‘३० दलीय मोर्चाको आन्दोलनले केपी ओलीको मानसिक सन्तुलन गुमेको छ’,...

कपडा घुस लिएर तस्कर छाड्दै प्रहरी

२०७१ माघ २६ गते ८:५५

महोत्तरी, २६ माघ– भारतबाट कपडा बोकी आएका तस्करहरुलाई महोत्तरी जिल्ला प्रहरी कार्यालयबाट खटिएका घुमुवा प्रहरीले घुसमा कपडा लिएर छाड्ने गरेको रहस्य खुलेको छ । आजमात्रै जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित ट्राफिक कार्यालयदेखि पूर्वपट्टि बाटोमा सीमा पारिबाट कपडा ल्याएका एक समूहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा...

संविधानसभामा ‘बाँदर पसेको’ भन्दै कटवालले गरे राजनीतिक प्रणाली फेर्ने भाषण

२०७१ माघ २६ गते ८:३१

बुटवल, २६ साउन– पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले बाँदरे चरित्र बोकेका मानिसहरुले प्रवेश पाएका कारण संविधानसभामा बितण्डा माच्चिएको आरोप लगाएका छन् । मंगलबार बुटवल महिला जेसिजको १९ औं पद हस्तान्तरण तथा दस्थापन कार्यक्रममा उनले क्षमताविहीन व्यक्तिहरुको प्रवेशले संविधानसभा बदनाम भएको आरोप लगाए । उनले गत १९...

संविधान र सत्ता चलाउने या त बन्दुक या बहुमतको बाटो हुन्छः ओली

२०७१ माघ २६ गते ८:१९

काठमाण्डु, २६ माघ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसारमा संविधान र सत्ता चलाउने या त बन्दुकको या बहुमतको बाटो हुने बताएका छन् । वरिष्ठ पत्रकार र सम्पादकसँग आयोजित अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओलीले दोस्रो संविधानसभालाई असफल हुन नदिन एमाले लचिलो र सुझबुझका साथ आन्तरिक एकतासहित...

बेवसाइट ह्याक गरेर ४० लाख माग्ने खरेल पक्राउ

२०७१ माघ २६ गते ८:१४

काठमाण्डु, २६ माघ– एक कम्पनीको वेबसाइट ह्याक गरेर ४० लाख रुपैयाँ माग्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुलसीपुरका पारेश्वर खरेल छन् । उनले बालुवाटारस्थित आफूले पहिला काम गरेको रोलिङ प्लान्स प्रालिको वेबसाइट रोलिङजब डटकम ह्याक गरेर पैसा मागेका हुन् । कम्पनीले...

चौध वर्षपछि बल्ल बन्यो सडक

२०७१ माघ २६ गते ८:०५

पाल्पा, २५ माघ– पालुङमैनादी गाविसको बतासेदेखि कचल गाविसको ओखलढुङ्गा हुँदै दोभान गाविसको सिद्धार्थ राजमार्गसम्म जोड्ने काम पूरा भएको छ । चौध वर्षअघि सुरु गरेको सो सडकको निर्माण कार्य पूरा भएपछि स्थानीय खुसी भएका छन् । यो सडक दोभान जोडिएपछि आवतजावत गर्न सहज हुने कचल...

खेलिरहेका नाबालकलाई बसले किच्यो

२०७१ माघ २६ गते ७:२१

पर्सा, २६ माघ– पर्साको हरिहरपुर–३ नहरबाटोमा यात्रुबाहक बसले किच्दा एक नाबालकको ज्यान गएको छ । बाटोमा खेलिरहेका स्थानीय बलेश राउत कुर्मीका तीन वर्षीय छोरा दिपु कुमारको बसले किचेर ज्यान गएको हो । जानकीटोलाको दशौताबाट वीरगन्जतर्फ आउँदै गरेको ना१ख ८२०७ नम्बरको बसले बिहान करिब ९...

प्रचण्ड मोर्चाद्वारा प्रधानमन्त्रीको वार्ता प्रस्ताव अस्वीकार

२०७१ माघ २६ गते ६:४१

काठमाण्डु, २६ माघ– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले सरकारका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाले राखेको वार्ता प्रस्ताव अस्वीकार गरेको छ । सोमबार सिंहदरबारमा बसको मोर्चा बैठकले प्रधानमन्त्रीको वार्ता प्रस्ताव सकारात्मक भए पनि विगतका सहमति र सम्झौताका आधारमा सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धता नआएको भन्दै वार्तामा...

संविधान लेखनमा एमाओवादी जिम्मेवार हुनुपर्छः सुजाता

२०७१ माघ २६ गते ६:३६

काठमाण्डु, २६ माघ– नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले शान्ति प्रक्रियाको एक हिस्सा एमाओवादी भएकाले संविधान लेखनमा एमाओवादी गम्भीर हुनुपर्ने बताएकी छिन् । सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले एमाओवादी संविधान निर्माण प्रक्रियामा सहभागी भएर मुलुकलाई शान्ति र संविधानका साथ लोकतान्त्रिक प्रक्रियाबाट निकास दिनुपर्ने बताइन्। उनले तत्कालीन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us