संविधान लेखनमा एमाओवादी जिम्मेवार हुनुपर्छः सुजाता

काठमाण्डु टुडे २०७१ माघ २६ गते ६:३६ मा प्रकाशित

काठमाण्डु, २६ माघ– नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले शान्ति प्रक्रियाको एक हिस्सा एमाओवादी भएकाले संविधान लेखनमा एमाओवादी गम्भीर हुनुपर्ने बताएकी छिन् ।

sujata

सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले एमाओवादी संविधान निर्माण प्रक्रियामा सहभागी भएर मुलुकलाई शान्ति र संविधानका साथ लोकतान्त्रिक प्रक्रियाबाट निकास दिनुपर्ने बताइन्।

उनले तत्कालीन समयमा १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौतामा सात दलको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेको स्मरण गराउँदै तत्कालीन विद्रोही शक्तिको नेतृत्व माओवादी अध्यक्ष दाहालले गरेकाले माओवादी लोकतान्त्रिक प्रक्रियाबाट भाग्न नमिल्ने उल्लेख गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us