बेवसाइट ह्याक गरेर ४० लाख माग्ने खरेल पक्राउ

काठमाण्डु टुडे २०७१ माघ २६ गते ८:१४ मा प्रकाशित

काठमाण्डु, २६ माघ– एक कम्पनीको वेबसाइट ह्याक गरेर ४० लाख रुपैयाँ माग्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ तुलसीपुरका पारेश्वर खरेल छन् । उनले बालुवाटारस्थित आफूले पहिला काम गरेको रोलिङ प्लान्स प्रालिको वेबसाइट रोलिङजब डटकम ह्याक गरेर पैसा मागेका हुन् ।

कम्पनीले वेबसाइट ह्याक गरेर प्रसा मागेको उजुरी दिएपछि उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले
विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us