समाचार

मोटरसाइकल शोरुममा आगलागी

२०७० माघ ७ गते २:३१

चितवन, ७ माघ– चितवनको भरतपुर ओरालोमा रहेको श्रीसत्य साही मोटरसाईकल शोरुममा मंगलबार विहान आगलागी हुदा साढे चार लाख बराबरको क्षती भएको छ । श्री सत्यशाही मोटरसाईकल शोरुम  Vibgyor मोटरसाईकलको आधिकारीक विक्रेता हो । भरतपुर नगरपालीका १० मा रहेको शोरुममा विद्युत सर्ट भई आगलागी भएको...

हवाई मैदानबाटै चामल चोरी

२०७० माघ ७ गते १:५७

हुम्ला, ७ माघ–नेपाल खाद्य संस्थानले हुम्लेली जनतालाई वितरण गर्न ल्याएको चामल सदरमुकाम सिमीकोटस्थित हवाई मैदानबाटै चोरी भएको छ । यही माघ ३ गते सुर्खेतबाट सिमीकोट ल्याइएको चामलमध्ये दुई क्विन्टल १० केजी चामल हवाई मैदानबाटै चोरी भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाका प्रमुख जीवनाथ...

सिएमसीसँग सम्बन्धित सामग्री प्रसारण नगर्न हिमालय टिभीलाई प्रेस काउन्सिलको निर्देशन

२०७० माघ ६ गते १४:२८

काठमाण्डु, ६ माघ – प्रेस काउन्सिल नेपालले चितवन मेडिकल कलेजसँग सम्बन्धित समाचार र समाचारजन्य सामग्री प्रसारण नगर्न लिखित निर्देशन दिएको छ । काउन्सिलले चितवन मेडिकल कलेजले विभिन्न पत्रपत्रिकामा प्रकाशित विज्ञापनप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले पुस २९ गते पत्राचार गरेर कारबाही प्रक्रिया...

बाबुको कुटाइबाट छोरीको मृत्यु

२०७० माघ ६ गते १२:५८

लहान, ६ माघ– आफ्नै बाबुको कुटाइबाट सिरहामा एक बालिकाको मृत्यु भएको छ । सिरहाको को असनुपुर गाविस ८ डोहोटियाकी सात वर्षीया रविना यादवको मृत्यु भएको हो । रक्सीले मातिएका बाबु विनोदको कुटाईबाट घाइते भएकी रविनाको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । विनोदले शनिबार...

एक वर्षभित्र संविधान नबने राजीनामा : शशांक

२०७० माघ ६ गते १२:५३

नवलपरासी, ६ माघ– नेपाली काँग्रेसका नेता डा शशांक कोइरालाले एक वर्षभित्र संविधान जारी गर्न नसके सभासदबाट राजीनामा दिने बताएका छन् । नवलपरासीको बुलिङटारमा त्रिभुवन उच्च माविको नयाँ भवनको शिलान्यास गर्दै कोइरालाले विकासभन्दा महत्वपूर्ण संविधान भएकाले अहिले आफ्नो ध्यान त्यतै भएको बताए । बोलेका कुरा...

एक घण्टाभित्र अस्पतालका सबै सेवा सुचारु गर्न सर्वोच्चको आदेश

२०७० माघ ६ गते १२:४३

काठमाण्डु, ६ माघ – सर्वोच्च अदालतले एक घण्टाभित्र अस्पतालका सबै सेवा सुचारू गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलाशले यस्तो निर्देशनात्मक आदेश दिएको हो । सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल मेडिकल काउन्सिल, त्रिवि शिक्षण अस्पताल,...

युवकको शव भेटियो

२०७० माघ ६ गते ११:५०

कलैया, ६ माघ– बाराको सुरवी पथरा गाविस ६ नायकाटोलमा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक बारा महेन्द्र आदर्श गाविस ६ बस्ने सत्यनारायण पटेलका ३० वर्षीय छोरा रोशन रहेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

राहदानीको लागि आवेदन संकलन केन्द्र थपिए

२०७० माघ ६ गते १०:१८

काठमाण्डु, ६ माघ – राहदानी लिनका लागि आवेदन दर्ता गर्न १५ घण्टाभन्दा बढी समय लाईनमा बस्नुपर्ने सेवाग्राहीको बाध्यता अब हट्ने भएको छ । सरकारले सोमबारदेखि नारायणहिटी दरबारस्थित राहदानी विभागमा ६ वटा आवेदन संकलन केन्द्र सञ्चालन गरेपछि सेवाग्राहीलाई त्यस्तो सुविधा उपलब्ध भएको हो । केन्द्रको,...

डा. केसीको स्वास्थ्य अत्यन्तै कमजोर

२०७० माघ ६ गते ९:५०

काठमाण्डु, ६ माघ– सात सूत्रीय माग राखी आमरण अनसनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको छ । ‘उहाँको स्वास्थ्य अवस्था क्रिटिकलतर्फ उन्मुख भएको छ । चिकित्साका भाषामा क्रिटिकल भन्नु भनेको बिरामीलाई जुनसुकै समयमा जे...

पार्टी नेतृत्वमा प्रचण्डको विकल्प छैन : श्रेष्ठ

२०७० माघ ६ गते ९:५०

काठमाण्डु, ६ माघ – एकीकृत माओवादीका पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रुपान्तरण सहित प्रचण्डकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने बताएका छन् । काठमाण्डुमा जारी एमाओवादी केन्द्रीय समिति बैठकमा श्रेष्ठले अहिलेको अवस्था नेतृत्व परिवर्तन गर्नुपर्ने कुनै आवश्यकता नभएको भन्दै प्रचण्डकै नेतृत्वमा अघि बढ्नुपर्ने बताए । यथास्थितीमा अघि...

‘एसएलसी टेष्ट’ परीक्षा रोक्न निर्देशन

२०७० माघ ६ गते ९:१३

काठमाण्डु, ६ माघ– सरकारी नीति विपरीत विभिन्न जिल्लामा निजी एसएलसी टेष्ट (सेन्टअप) परीक्षा सञ्चालन भइरहेको भन्दै त्यस्तो काम रोक्न सरकारले निर्देशन दिएको छ । टेष्ट परीक्षालाई जिल्लास्तरीय परीक्षासरहको मान्यता दिई विद्यार्थीसँग शुल्क उठाई उत्तीर्ण र अनुत्तीर्ण गराउने गरी सञ्चालन नगर्न सरकारले निर्देशन दिएको हो...

पूर्व मन्त्रीकै पार्टी सदस्यता नवीकरण नहुने

२०७० माघ ६ गते ७:१०

खोटाङ, ६ माघ – पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेतको आफ्नै गाउँ कार्य समितिले क्रियाशील सदस्यता नवीकरण नगर्ने भएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसका आधिकारिक उम्मेद्वारलाई अन्तर्घात गरेको आरोपमा काहुले गाउँ कार्य समितिले बस्नेतको क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो । हाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us