समाचार

शिक्षा मन्त्रीले त्रिविका उपकुलपतिलाई भने, ‘डीन नियुक्ती उल्ट्याउ’

२०७० माघ ५ गते १२:५६

काठमाण्डु, ५ माघ – शिक्षा मन्त्री माधवप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्था महाराजगञ्जका नवनियुक्त डीन डा शशी शर्माको नियुक्ती उल्ट्याउन निर्देशन दिएका छन् । मन्त्री पौडेलले त्रिविका उपकुलपति डा हिराबहादुर महर्जनलाई ४ बुँदे निर्देशन दिँदै नियुक्ती उल्टाउन भनेका हुन् । मन्त्री पौडेलले यसअघि...

कांग्रेसले राष्ट्रपतिलाई विवादमा ल्यायो : नेता नेपाल

२०७० माघ ५ गते १२:१०

विराटनगर, ५ माघ– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेसले राष्ट्रपतिलाई अनावश्यक रुपमा तानेर विवादमा ल्याउने काम गरेको बताएका छन् । विराटनगरमा भएको कार्यक्रममा नेपालले संविधानमा राष्ट्रपतिको विषयमा स्पष्ट उल्लेख भएपनि दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भइसक्दा पनि पहिलेकै राष्ट्रपति रहिरहनुपर्छ भन्नु विवाद सिर्जना...

अहिल्यै पार्टी नेतृत्व छोड्दिन : प्रचण्ड

२०७० माघ ५ गते १२:०४

विराटनगर, ५ माघ–एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूले पार्टीको नेतृत्व नछाड्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले निर्वाचनपछि पार्टीमा जटिल अवस्था सिर्जना भएकाले यस्तो अवस्थामा आफूले नेतृत्व छाडे पार्टीभित्र थप संकट आउने भन्दै तत्काल नेतृत्व नछाड्ने बताए...

संसदको पहिलो बैठक १२ गते

२०७० माघ ५ गते १०:५५

काठमाण्डु, ५ माघ – सरकारले व्यवस्थापित संसदको पहिलो बैठक यहि माघ ८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रपति डा रामवरण यादवलाई भेटेर संसद आव्हान गर्न राष्ट्रपति यादवसमक्ष सिपारिस गरेका हुन् । संविधानसभा बैठक आफैंले बोलाएका रेग्मीले संसद...

५५ तोला सुनसहित पाँचजना पक्राउ

२०७० माघ ५ गते १०:३७

भक्तपुर, ५ माघ– महानगरीय प्रहरी परिसर भक्तपुरले तातोपानी नाका हँुदै सुन तस्करी गरी ल्याउँदै गरेका पाँचजनालाई आधा किलोभन्दा बढी सुनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोककी ३५ वर्षीया उर्मिला लामा, इलाम चमेटेटारकी ३० वर्षीया बन्दना राई, सिन्धुपाल्चोक माङ्खा ५ की १७ वर्षीया भावना...

‘डा गोविन्द केसीको माग पुरा नभए अस्पतालका सबै सेवा ठप्प’

२०७० माघ ५ गते १०:३३

काठमाण्डु, ५ माघ – नेपाल चिकित्सक संघले विगत नौ दिनदेखि आमरण अनसनमा बसेका डा गोविन्द केसीले उठाएको सात बुँदे माग पुरा नभए आकस्मिकसहित सबै सेवा अनिश्चितकालको लागि ठप्प पार्ने चेतावनी दिएको छ । काठमाण्डुमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष डा अञ्जनीकुमार झाले नेपाली जनताको...

तीन दलका शीर्ष नेतासँग राष्ट्रिपतिको भेट

२०७० माघ ५ गते १०:००

काठमाण्डु, ५ माघ – राष्ट्रपति डा. रामवरण यादवले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । शितल निवासमा आइतबार बिहान भएको भेटमा यादवले संसद बैठक बोलाउने पहल थाल्न आग्रह गरेको बुझिएको छ । कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एकीकृत...

लोकतान्त्रिक विकासका लागि अमेरिका बलियो सहयोगी

२०७० माघ ५ गते ५:२६

भर्जिनिया, अमेरिका ५ माघ–अमेरिकन कङ्ग्रेसनल नेपाल ककसका सह-अध्यक्ष जेरेड पोलिसले अमेरिका नेपालको प्रजातान्त्रिक पद्धतिको विकासका लागि सधै एक बलियो सहयोगी हुने बताएका छन् । भिजन फर नेपाल फाउण्डेशनले नेपालमा राज्यको पुनर्समचना र संघियताका बारेमा नागरिक सर्वेक्षण गर्ने उद्देश्यले वाशिङ्टन डिसीमा आयोजना गरेको अनुदान सङ्कलन...

डा. केसीको जीवनरक्षाको माग

२०७० माघ ५ गते ५:०३

काठमाण्डु, ५ माघ – प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले डिन नियुक्तिलगायत विषयमा उठाउनुभएका मुद्दालाई अविलम्ब सम्बोधन गर्न माग गरेको छ । सङ्घका अध्यक्ष प्राध्यापक वासुदेव घिमिरेले एउटै विषयमा बारम्बार एउटै व्यक्तिले सङ्घर्ष गरिरहनुपर्ने बाध्यात्मक स्थिति...

जीर्ण कोतघर पुनःनिर्माण गरिने

२०७० माघ ५ गते ४:४८

बारा, ५ माघ – बाराको पुरानो कोतघर जीर्ण बन्दै गएपछि पुनःनिर्माण गरिने भएको छ । २०२६ सालदेखि सञ्चालन हुँदै आएको बाराको डुमरवाना–७ स्वाभिमानबस्ती कतर्वास्थित कोतघर आर्थिक अभावमा पुनः निर्माण हुन सकेको थिएन । दुई सय ५० घरधुरीले कोतघरको जमरा दसैँमा प्रयोग गर्दै आएका छन्...

बस दुर्घटनामा १६ जना घाइते

२०७० माघ ५ गते ४:४२

चितवन, ५ माघ – चितवनको रामनगरमा यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट नारायणगढ आउँदै गर्दा चितवनको रामनगरमा बस एक्कासि अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार साँझ काठमाडौँबाट नारायणगढ आउँदै गर्दा ना ५ ख १९...

आगलागीमा परी दुईजनाको मृत्यु

२०७० माघ ५ गते ४:३५

काठमाण्डु, ५ माघ – काठमाण्डुको बुद्धनगरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । बुद्धनगरस्थित यमवहादुर भण्डारीको घरमा कोठा भाडामा बस्ने विजय गुप्ताको कोठामा आगलागी हुँदा गुप्ता र उनकी श्रीमती शारदाको मृत्यु भएको हो । गुप्ताका छोराछोरी भने अर्को कोठामा रहेकाले सकुशल रहेको बताइएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us