काठमाण्डु, २५ माघ– जनताको मन फेरि जित्ने भन्दै आन्दोलनको घोषणा गरेको एकीकृत माओवादीले विवादास्पद व्यक्तिलाई सभासद बनाएको छ । संविधानसभाको दोस्रो निर्वाचनभन्दा केही दिनअघि एमालेबाट एमाओवादीमा प्रवेश गरेका ल्यारक्याल लामा एमाओवादी सभासद बनेका हुन् । समानुपातिक सूचीबाट एमाओवादीले सभासद बनाएका शम्भु पासवान हजारीको पद...
काठमाण्डु,२५ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका महानगरीय प्रहरी वृत्तका नायब प्रहरी उपरीक्षक रमेशकुमार तामाङविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार प्रहरी उपरीक्षक तामाङले सेवाग्राहीसँग मुद्दा मिलाइदिन्छु भन्दै केही दिन पहिले रु ५० हजार घुस लिँदालिँदै पक्राउ...
काठमाण्डु,२५ माघ–प्रस्ताव समितिले संविधान निर्माणका क्रममा देखिएका विभिन्न विवादित विषयका सम्बन्धमा हालसम्म २४० वटा प्रश्न निर्माण गरेको छ । संविधान निर्माणमा देखिएका प्रमुख विवादित विषयसहित प्रस्ताव समितिमा आइतबार पेस भएका प्रश्नहरूसहित कुल प्रश्नको सङ्ख्या २४० पुगेको हो । प्रश्नोत्तर उपसमितिले राज्य पुनःसंरचनासँग जोडिएका र...
पथरी,२५ माघ– एउटा गाईले चारवटा बाछा जन्मायो भन्दा पत्यार नलाग्न सक्छ । तर मोरङको विराटनगर १८ स्थित जतुवाका गुनाई यादवले पालेको एउटा गाईले चारवटा बाछा जन्माएको हो । गाईले चारवटा बाछा जन्माएपछि जतुवाका सर्वसाधारण आश्चर्यमा परेका छन् । अहिलेसम्म एउटा गाईले चारवटा बाछा जन्माएको...
भक्तपुर , २५ माघ– विप्लव माओवादीका भक्तपुर जिल्ला सदस्य उमेश घोरासैनीलाई प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्धा लगाएको छ । घोरासैनी गत विहिबार भक्तपुरको गट्ठाघरबाट पक्राउ परेका थिए । दावा तेम्बा लामालाई अपहरण गरेको अभियोगमा घोरासैनीलाई प्रहरीले सो मुद्धा दायर गरेको जनाइएको छ...
काठमाण्डु, २५ माघ– पूर्वप्रहरी प्रमुख अच्युतकृष्ण खरेललाई सर्वोच्च अदालतले सफाइ दिएको छ । खरेललाई भ्रष्टाचार गरेको आरोपमा झण्डै दश वर्षदेखि मुद्दा लागेको थियो । भ्रष्टाचार गरेर अकुत सम्पत्ति जम्मा गरेको र पदको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा खरेलविरुद्ध भ्रष्टाचार मुद्दा...
काठमाण्डु, २५ माघ– नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रतिपक्षी दललाई सहमति, सहकार्य र वार्तामा ल्याई संविधान लेखनमा सहभागी गराउन जोड दिइएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको बैठकमा एकीकृत नेकपा माओवादी र मधेसी मोर्चालाई सहमतिमा ल्याउन प्रयत्न जारी राख्नुपर्ने र...
पर्सा,२५ माघ– शिक्षा मन्त्री चित्रलेखा यादवले दक्ष जनशक्ति र शिक्षित समाजले नै मुलुकको विकास गर्न सक्ने धारणा व्यक्त गरेकी छन् । हरिखेतान बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै उनले शिक्षाबिना समाजको विकास हुन नसक्ने भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्नु सबै शिक्षण संस्थाको...
काठमाण्डु, २५ माघ– प्रधानमन्त्री सुशील कोइरालाले आइतबार विपक्षीलाई वार्तामा आउन आह्वान गर्दै जारी गरेको वक्तव्यमा चारवटा मुख्य सुत्र छन् र चारवटैमा दुई भिन्न अर्थ लाग्ने भाषाको प्रयोग गरिएको छ । सुत्र एक– सहमति र समझदारी निर्माण गर्न वार्ता सुरु गरौं । प्रधानमन्त्रीको आह्वानको छैटौं...
तेह्रथुम, २५ माघ– सम्दु–६ बस्ने बुद्धिमान राईको ७ बर्षीया छोरी बिनिता राईको आइतबार रुखले च्यापिएर मृत्यु भएको छ । बुद्धिमानले आफ्नै घर नजिक रुख काटी टुक्रा पारेको काठ पल्टीन गई नजिकै खेलिरहेको बिनितालाई किचेपछि घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान...
काठमाण्डु,२५ माघ– थारु समुदायको सीप, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक आयोजना गरिएको ‘थारु हस्तकला प्रदर्शनी तथा खाना महोत्सव–२०७१’ फागनु १ गतेदेखि सुरु हुने भएको छ । राजधानीको बिजुलीबजार नजिकै रहेको थारु भिलेज रिसोर्टले आयोजना गरेको सो प्रर्दशनी फागुन ८ गतेसम्म सञ्चालन हुने...
मोरङ, २५ माघ- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेस–एमालेको प्रस्तावलाई आफ्नो मुखबाट अघि सारेको बताएका छन् । माघ ८ भन्दा अघिको छलफलमा गच्छदारले ल्याएको भनिएको प्रस्ताव सत्तारुढ दलहरुको भएको यादवले आरोप लगाएका हुन् । संयुक्त लोकतान्त्रिक मधेसी...