शिक्षित समाजले नै मुलुकको विकास गर्न सक्छः शिक्षामन्त्री यादव

काठमाण्डु टुडे २०७१ माघ २५ गते १२:३२ मा प्रकाशित

chitralekha-yadav
पर्सा,२५ माघ– शिक्षा मन्त्री चित्रलेखा यादवले दक्ष जनशक्ति र शिक्षित समाजले नै मुलुकको विकास गर्न सक्ने धारणा व्यक्त गरेकी छन् ।

हरिखेतान बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै उनले शिक्षाबिना समाजको विकास हुन नसक्ने भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्नु सबै शिक्षण संस्थाको साझा दायित्व रहेको बताइन् ।

उनले दोस्रो विश्वयुद्धमा बर्वाद भएको अमेरिका र जापानले शिक्षामा लगानी गरी दक्ष र योग्य जनशक्ति उत्पादन गरेका कारण छोटो समयमै ठूलो विकास गर्न सफल भएको उदाहरण दिँदै मन्त्री यादवले सबैलाई गुणस्तरीय शिक्षा दिन सकिए मुलुक विकासको मार्गमा अगाडि बढ्नसक्ने विश्वास व्यक्त गरिन् ।
मन्त्री यादवले देशलाई माया गर्ने र देशका लागि योगदान दिनसक्ने जनशक्ति उत्पादन गर्ने दायित्व शिक्षा क्षेत्रकै रहेकाले  शिक्षण संस्थाले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी थिइन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अजय चौरसिया,सभासद् सुरेन्द्र चौधरी,पूर्व सभासद् अजय द्विवेदी लगायतका वक्ताले शिक्षा क्षेत्रको विकासले नै मुलुकको विकास गर्न सकिएको धारणा व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us