सप्तरी,२५ माघ– कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको एउटा हात्तीको समूहले सप्तरीको कञ्चनरुपनगरपालिका–६ मा रहेका एक दर्जन परिवारका घरमा तोडफोड गरी क्षति पु¥याएको छ । आरक्षबाट एक्कासि गएराति आएको हात्तीको समूहले गाउँमा पसेर स्थानीय सत्यनारायण चौधरी,नुनु चौधरी,कोशकल सिंह,श्यामकिशोर सिंह,बिजुली सरदारलगायत एकदर्जन स्थानीय बासिन्दाको घरमा तोडफोड...
जाजरकोट,२५ माघ– क्रियाशील सदस्यता वितरणको विवादले जाजरकोट काँग्रेसमा फुट देखिएको छ । सदस्यता वितरणमा एकपक्षीय भएर काम गरेको भन्दै पूर्व सभापति झलकनाथ वाग्ले,सनतकुमार कार्की तथा सभासद् राजीवविक्रम शाहलगायतका नेताहरुले असन्तुष्टि जनाएपछि विवाद चुलिएको हो । पार्टीको विधानअनुसार सदस्यता वितरण नगरेर सभापति दीपकजङ्ग शाह र...
काठमाण्डु, २५ माघ– प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन आह्वान गरेका छन् । एमाओवादीले विगतका सहमति र सम्झौतामा प्रतिबद्धता जनाउँदै सरकारले लिखितरुपमा आह्वान गरे वार्तामा बस्ने बताएपछि प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् । आह्वानमा प्रधानमन्त्रीले भनेका छन्, ‘आफ्नो राष्ट्र र...
महोत्तरी, २५ माघ– जबर्जस्ती करणी उद्योगका एक फरार अभियुक्तलाई महोत्तरी प्रहरीले घटनाको १० दिनपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी डाम्हिमडै गाविस–६ बस्ने पङ्कजकुमार झा रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । अभियुक्त झाले यही माघ १५ गते रातको मौका छोपी डाम्हिमडैकी...
प्यूठान,२५ माघ– ‘स्वर्गद्वारी प्यूठान दश बुँदे घोषणापत्र’ जारी गर्दै गैरसरकारी संस्था महासङ्घ नेपालको दोस्रो पूर्ण बैठक स्वर्गद्वारीमा सम्पन्न भएको छ । गैरसरकारी संस्थाहरुको समस्या तथा समाधान र नेपालका गैरसरकारी संस्थाहरुको सामाजिक उत्तरदायित्वको विषय केन्द्रित रहेको दोस्रो केन्द्रीय पूर्ण बैठकले पर्यटन प्रवद्धर्नका लागि महत्वपूर्ण निर्णय...
इलाम,२५ माघ– इलाममा हिउँद र वर्षात् दुबै समयमा सवारी साधन नपुगेका पहाडी क्षेत्रमा घोडाले ढुवानीमा सघाउँदै किसानको आर्थिक उपार्जनमा टेवा पु¥याइरहेका छन् । त्यसैले यस जिल्लामा घोडाका लागि पहिलोपटक कल्याणकारी परियोजना सुरु गरिएको छ । पशुकल्याणसम्बन्धी जनचेतना अभिवृद्धि र दक्ष प्राविधिक तयार गर्ने उद्देश्यअनुरुप...
काठमाण्डु,२५ माघ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले मानसिक रोग अपराध नभएको बताएका छन् । ‘हिंसा र मानसिक स्वास्थ्य नेपाली समुदायमा लुकेको चुनौती’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले समाजका प्रतिष्ठित व्यक्तिमा समेत मानसिक रोग हुने गरेको उल्लेख गरे ।उनले मानसिक रोगको बारेमा सामाजिक...
नेपालगन्ज, २५ माघ– एनेकपा एमाओवादीका नेता बाबुराम भट्टराईले दुई तिहाइको दम्भबाट संविधान निर्माण गर्न खोजिए त्यसले मुलुकमा राजनीतिक सङ्कट चुलिने बताएका छन् । सो दलद्वारा आयोजित नागरिक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दोस्रो जनआन्दोलन र जनयुद्धको उपलब्धिको रक्षाका लागि सहमतिबाटै संविधान लेखिनुपर्छ ।’...
विराटनगर २५ माघ– मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परिवर्तन पक्षधर शक्तिलाई पाखा लगाएर प्रक्रिया सुरु गरेका सत्तापक्षीय दलहरुले गरेको वार्ताको आव्हानलाई नाटकको संज्ञा दिएका छन् । विराटनगर स्थित निजी निवासमा आइतबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष यादवले विगतका सहमति र सम्झौताहरुलाई उल्लंघन गर्दै...
म्याग्दी, २५ माघ– उपराष्ट्रपति परमानन्द झाले संविधान जारी गर्नका लागि तत्काल दलहरुको बीचमा सहमति हुनुपर्ने बताएका छन् । उनले सहमतिमा नै नयाँ मिति तय गरी संविधान जारी गर्नुपर्ने बताए । दुई दिने धार्मिक भ्रमणका लागि म्याग्दी पुगेका झाले म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वरमा मन्दिरको दर्शन...
महोत्तरी, २५ माघ– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्ताधारी पक्षलाई मधेसीको अधिकारविहीन संविधान बनाउन नदिने चेतावनी दिएका छन् । सत्तापक्षविरुद्ध आन्दोलनमा उत्रेका ३० दलीय गठबन्धनले महोत्तरीको बहेडाबजारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ठाकुरले पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाट अधिकारसहितको संविधान...
नुवाकोट २५ माघ– शिरमा मनास्लु, गणेश र लाङटाङ हिमाल तथा गोसाइकुण्ड तथा फेदीमा सुन जस्ता धान फल्ने थानसिंह फाँट र हरियाली वातावरणबीच श्रष्टाहरुले शनिबार कविता र गीत वाचन गर्दै थानापति साहित्यिक यात्रा सम्पन्न गरेका छन् । काठमाडौँ गङगबुँबाट बिहान २६ किमि उत्तरपश्चिम थानापति गाविस...