काठमाण्डु, ५ माघ – संविधानसभा सचिवालयले पहिलो बैठकको कार्यसूचीका विषयमा दलहरुसँग छलफल गर्दैछ । सरकारले माघ ८ गतेका लागि संविधानसभाको पहिलो बैठक आहृवान गरेपछि सचिवालयले छलफलका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दललाई बोलाएको हो । आईतबार हुने छलफलमा संविधानसभाको पहिलो वैठकमा प्रस्तुत गर्न कस्तो...
काठमाण्डु, ४ माघ– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा देखिएको समस्या तत्काल समाधान गर्न त्रिविका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षण अस्पतालको समस्या समाधान गर्ने उद्देश्यका साथ बसेको बैठकले आमरण अनशनमा बस्नुभएका चिकित्सकको स्वास्थ्य स्थिति तथा...
काठमाण्डु, ४ माघ – संसदीय दलको नेता को हुने भन्न विवादले उग्र रुप लिएपछि कांग्रेसले अन्तत चुनावबाटै संसदीय दलको नेता छान्ने भएको छ । त्यसका लागि माघ १२ गतेको समय तोकिएको छ । कांग्रेसले यसअघि शनिबार संसदीय दलको नेता छान्न निर्वाचन समिति नै गठन...
सप्तरी, ४ माघ – सन् २०१३ मा सप्तरीमा एक पूर्व जनप्रतिनिधिसहित छ जनाको आफ्नै आफन्त तथा नजिकका व्यक्तिबाट हत्या भएको छ । इन्सेक सप्तरीले राजविराजमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१३ को वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले सार्वजनिक गरेको...
काठमाण्डु, ४ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङको निसीभुजी जनता क्याम्पस बाग्लुङ्गमा अर्थ मन्त्रालयबाट भवन निर्माणका लागि निकासा भएको २५ लाख रुपैयाँ विश्वविद्यालय अनुदान आयोगबाट निकासा गरी पठाई दिए बापत उक्त क्याम्पसका प्रमुख ऋषिराम शर्माबाट १५ हजार घुस लिने एक कर्मचारीलाई पक्राउ गरेको...
काठमाण्डु, माघ ४– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अघिल्लो संविधानसभाले गरेको निर्णयलाई नयाँ संविधानसभाले अस्विकार गर्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको साक्षात्कारमा थापाले विघटन भएको संविधानसभाका निर्णयलाई मान्यता दिने हो भने नयाँ संविधानसभाको निर्वाचनको कुनै औचित्य नहुने बताए । थापाले...
कञ्चनपुर, ४ माघ– महाकाली सेती यातायात बस व्यवसायी समिति कञ्चनपुरले पहाडी जिल्ला दार्चुलाका लागि रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ । समितिको दिवा सेवाले यात्रुको चाप धान्न नसकेपछि रात्रिकालीन सेवा सुरु गरिएको हो । दार्चुला सदरमुकामसम्म सडक बनेपछि समितिका दुई बस दिवा सेवाअन्तर्गत सञ्चालन...
स्याङ्जा, ४ माघ – स्याङ्जामा शनिबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, अन्य ४१ जना घाइते भएका छन् । मल्याङकोट दार्सिङबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ४२१२ नम्बरको जिप वालिङ नगरपालिका–६ लालुपाते भन्ने ठाउँमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो...
काठमाण्डु, ४ माघ – एकीकृत नेकपा माओवादीले पार्टीकातर्फबाट निर्वाचित समानुपातिक सभासदहरुलाई प्रमाण पत्र वितरण गरेको छ । पार्टी कार्यलय कोटेश्वर पेरिसडाँडामा शनिबार बिहान विशेष कार्यक्रम गरेर एमाओवादीले सभासदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । समानुपातिकतर्फ ५४ सिट जितेर संविधानसभाको तेस्रो ठूलो दल बनेको एमाओवादीले प्रमाणपत्र...
सुर्खेत, ४ माघ – यसपटकको प्रवेशिका परीक्षामा सहभागी हुने विद्यार्थीले अनिवार्य रुपमा सम्बन्धित विद्यालयको पोसाक लगाउनुपर्ने भएको छ । विगतका वर्षहरुमा विद्यार्थीहरु आफ्नो इच्छाअनुसारको पोसाकमा परीक्षामा सहभागी हुने गरेकामा यसपटक पोसकलाई अनिवार्य गर्न शिक्षा विभागले निर्देशन दिएपछि यहाँको जिल्ला शिक्षा कार्यालयले पनि कडाईका साथ...
महोत्तरी, ४ माघ – महोत्तरी जिल्लाको धीरापुर गाउँ विकास समितिको कार्यालयले आफ्नो गाविसभित्र जन्मेका बालबालिकाको ३५ दिनभित्र जन्मदर्ता गराउने अभिभावकलाई उपहार दिने घोषणा गरेको छ । सो गाविसका सचिव राजेशकुमार शर्माले धीरापुर गाविसभित्र जन्मने प्रत्येक बालबालिकालाई जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराइएमा अभिभावकलाई उपहार दिने...
ललितपुर, ४ माघ – शनिबार बिहान साढे ८ बजे ललितपुरको धापाखेल हाइटमा गोली चल्दा दुईजना घाइते भएका छन् । नेपाली काँग्रेसका कार्यकर्ता मीनकृष्ण महर्जन र मिलन सिलवालको तिर्घामा गोली लागेको र उनीहरुको बिएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको...