मानसिक रोग अपराध होइनः स्वास्थ्यमन्त्री

काठमाण्डु टुडे २०७१ माघ २५ गते ७:३८ मा प्रकाशित

khagaraj-adhikari

काठमाण्डु,२५ माघ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले मानसिक रोग अपराध नभएको बताएका छन् । ‘हिंसा र मानसिक स्वास्थ्य नेपाली समुदायमा लुकेको चुनौती’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले समाजका प्रतिष्ठित व्यक्तिमा समेत मानसिक रोग हुने गरेको उल्लेख गरे ।उनले मानसिक रोगको बारेमा सामाजिक जागरण अगाडि बढाएमात्र समाजको रुपान्तरण हुने धारणा राखे ।

कोपिला–नेपालद्धारा आयोजित कार्यक्रममा नेकपा  एमालेका नेता रवीन्द्र अधिकारीले महिला हिंसाको बारेमा विधेयक पारित भएकाले यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराउनु जरुरी रहेको बताए । विसं २०५७ मा स्थापना भएको कोपिला– नेपालले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।

हिंसाका कारण उदासीनता हुनुका साथै आत्महत्या बढी हुने गरेको समेत कोपिला नेपालले जनाएको छ । कार्यक्रममा कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल,मनोवैज्ञानिक डा शिशिर सुब्बाले महिला हिंसाको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us