समाचार

गएरातिबाट मुगुमा भारी हिमपात

२०७० माघ ४ गते ५:१०

मुगु, ४ माघ – मुगुमा गएरातिबाट भारी हिमपात भइरहेको छ । एक्कासी रातिबाट हिउँ पर्न थालेपछि सडक यातायात अबरुद्ध भएको छ । दैनिकजसो २० वटासम्म मालबाहक गाडी सुर्खेत नेपालगन्जदेखि मुगु सदरमुकाम गमगढीसम्म व्यापारिक सामान लिएर जाने गरेका छन् । शुक्रबार रातिबाट नै हिउँ पर्न...

ब्राउनसुगरसहित दुई युवक पक्राउ

२०७० माघ ४ गते ४:०५

इलाम, ४ माघ – अवैधरूपमा इलाम भित्र्याउन लागिएको ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । इलामको फिक्कलमा मोटरसाइकल रोकी जाँच गर्ने क्रममा प्रहरीले २० ग्राम ब्राउनसुगरसहित इलाम नगरपालिका–३ निवासी २० वर्षीय विमल भुजेल र ३० वर्षीय शेखर खवासलाई शुक्रबार राति पक्राउ गरेको हो ।...

एमालेभित्र नेतृत्वकालागि रस्साकस्सी

२०७० माघ ४ गते ३:५८

काठमाडौं, माघ ४ – आठौं महाधिवेशनबाट एमालेले मुलुकका अन्य सबै दललाई उछिनेर लोकतान्त्रिक पद्धतिअनुसार नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका कारण महाधिवेशनमा झलनाथ खनाल र नेता केपी ओलीबीच दुईवटा चुनावी प्यानल खडा भए । दुई प्यानल भिड्दा खनाल अध्यक्षमा निर्वाचित भए,...

बाबुरामले गरे डा. केसीको जीवनरक्षाको अपील

२०७० माघ ४ गते ३:४०

काठमाण्डु, ४ माघ – एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले अनशनरत त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजका डा. गोविन्द केसीको जीवनरक्षाको लागि अपील गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले डा. केसीको जीवनरक्षा अहिले सबैभन्दा महत्वपूर्ण कार्यभार भएको बताएका छन्...

राजविराज विमानस्थल गौचरणमा परिणत

२०७० माघ ४ गते ३:०८

सप्तरी, ४ माघ – सरकारी उदासीनताका कारण सप्तरीको राजविराज विमानस्थल अहिले गौचरण र खेल मैदानमा परिणत भएको छ । विमानस्थलको धावनमार्ग ग्राभेल नहुँदा लामो समयदेखि विमान उडान हुन छाडेपछि विमानस्थल गौचरण र खेल मैदानमा परिणत भएको हो । विमानस्थलको रन–वेमा ग्राभेल गर्ने काम पनि...

लुम्बिनीमा ध्वनि प्रदूषण बढ्दै

२०७० माघ ४ गते १:३१

भैरहवा, ४ माघ – शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र विकास कोषले ध्यान नदिँदा फोहोर र ध्वनि प्रदूषण दिनप्रति दिन बढिरहेको छ । विश्व सम्पदा सूचीमा नै शान्ति क्षेत्रको रुपमा सूचीकृत भएको लुम्बिनीमा आन्तरिकरुपमा विभिन्न जेनेरेटरहरु सञ्चालनमा ल्याउँदा ध्वनि प्रदूषण भएको हो । लुम्बिनी...

अवैध रुपमा भिर माहुरीको मह निकालिँदै

२०७० माघ ४ गते १:२६

म्याग्दी, ४ माघ – म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अवैध तरिकाले भिर माहुरीको मह निकाल्ने क्रम बढ्दै गएको छ । जिल्ला वन कार्यालयमा इजाजत लिएर निश्चित परिमाणमा मात्रै मह निकाल्न सकिने प्रावधान भए पनि स्थानीयस्तरमा आफूखुसी मह निकाल्ने प्रचलन बढेको हो । जिल्लामा अहिले न्यून...

एमाओवादी बैठक : आफ्नो नेतृत्वमा चुनाव गराउन नसक्नु गल्ती भयो : भट्टराई

२०७० माघ ४ गते १:१६

काठमाण्डु, ४ माघ – एकीकृत माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा चुनावमा गराउन नसक्नु ठुलो गल्ती भएको बताएका छन् । काठमाण्डुमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता भट्टराईले आफ्नो नेतृत्वमा सरकार भएपनि त्यसले चुनाव गर्न नसक्नु कमजोरी भएको स्वीकार...

पहिलो बैठकको कार्यसूचीबारे आइतबार छलफल हुने

२०७० माघ ४ गते ०:५७

काठमाण्डु, ४ माघ– संविधानसभा सचिवालयले आइतबार संविधानसभामा प्रतिनिधित्व गर्ने ३० राजनीतिक दलसँग संविधानसभाको पहिलो बैठकको कार्यसूचीका विषयमा परामर्श गर्ने भएको छ । संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आइतबारका लागि परामर्श बैठकको आयोजना गरेका छन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले यही माघ ८  गतेका लागि...

अस्पताल ठप्प पर्ने चिकित्सक संघको चेतावनी

२०७० माघ ३ गते ११:३९

काठमाण्डु, ३ माघ – नेपाल चिकित्सक संघले आमरण अनसनमा बसेका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा गोविन्द केसीको माग पुरा गर्न सरकारलाई आग्रह गरेको छ । संघले डा केसीको माग पुरा नगरे देश भरका अस्पताल बन्द गर्ने चेतावनी समेत दिएको छ । संघका अध्यक्ष डा...

ढिस्कोले पुरिएर दुईको मृत्यु

२०७० माघ ३ गते १०:१०

अर्घाखाँची, ३ माघ– अर्घाखाँचीको नरपानी गाविस ६ राट्टारीमा शुक्रबार  माटोको ढिस्कोले पुरिएर दुई महिलाको ज्यान गएको छ । एक महिला घाइते भएकी छन् । नरपानी गाविसमा पर्ने राट्टारीमा घर पोत्ने रातोमाटो खन्ने क्रममा ठाडा गाविस ३ चाक्लाकी २२ वर्षीया जुना खनाल र ढिकुरा गाविस...

संविधान विपरीत पदत्याग गर्दिनँ : उपराष्ट्रपति

२०७० माघ ३ गते ९:५८

काठमाण्डु, ३ माघ – उपराष्ट्रपति परमान्द झाले नयाँ संविधान जारी नभएसम्म पद नत्याग्ने बताएका छन् । संविधानसभाको दोस्रो निर्वाचनबाट प्राप्त नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपति फेर्नेबारे दलहरुबीच छलफल चलिरहेकोबेला झाको यस्तो भनाई सार्बजनिक भएको हो । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा उनले दलहरुले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us