आइतबारदेखि वार्ताको पहल सुरु हुन्छः गच्छदार

काठमाण्डु टुडे २०७१ माघ २४ गते १३:५२ मा प्रकाशित

bijaya 1
विराटनगर,२४ माघ–  मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आफुले प्रस्तुत गरेको प्रस्तावले सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुने भएको स्पष्ट पार्दै आइतबारदेखि नै वार्ता र सम्वादका लागि पहल गरिने बताएका छन् ।
पार्टीका अगुवा कार्यकर्तालाई दिइएको प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै उनले सत्ता पक्षसँग दुई तिहाइभन्दा बढी मत रहेकाले यसको दुरुपयोग गरेर प्रतिपक्षलाई आन्दोलनमा जानका लागि बाध्य नपार्न सत्तापक्षलाई आग्रह गरे ।
उनले भनेः प्रमुख राजनीतिक दलबीच सहमति हुने र सहमतिको संविधान जारी गर्न सकिने अवस्था अहिले पनि विद्यमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us