चापागाउँ,२४ माघ– नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान निर्माणका लागि लोकतान्त्रिक माध्यम,विधि र प्रक्रिया नै आवश्यक भएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शनिवार आयोजना गरेको अन्तरकलेज फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले विधि र प्रक्रियाबाटै संविधान लेखनको काम अघि...
काठमाण्डु,२४ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले माघ ८ मा संविधान नआउनु देश र जनताका लागि दुःखद भएको बताएका छन् । राप्रपा धादिङ–काठमाण्डु सम्पर्क मञ्चले आयोजना गरेको २५५१ औँ सोनाम ल्होसारको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दे उनले सो कुरा बताएका...
काठमाण्डु, २४ माघ– पूर्वमन्त्री एवम् संयुक्त राष्ट्रवादी समाजवादी पार्टी नेपालका अध्यक्ष कमल प्रसाद चौलागाईले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले किसानको विल्ला भिरेर ठाडो रुपमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘सिर्जशील युवाहरु काँग्रेस र एमालेमा बस्ने...
काठमाण्डु, २४ माघ– टोखा नगरपालिका–१४ सामाखुशी बस्ने नुवाकोट थानापती–६ का ३० वर्षीय चन्द्रलाल डंगोल सामाखुशीमा लुटिएका छन् । डंगोल पैदल हिँडिरहेको अवस्थामा अपरिचित ६÷७ जनाले सामान्य कुटपिट गरी साथमा रहेको नगद ५० हजार रुपैयाँ लुटी फरार भएका छन् । घटनापछि महानगरीय प्रहरी प्रभाग गोंगबुले...
काठमाण्डु, २४ माघ– प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानबाट सबै वर्ग, क्षेत्रका जनताको हक अधिकार सुनिश्चित हुने भएकाले संविधान लेखन अहिलेको प्राथमिकता भएको बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको पन्ध्रौँ साधारणसभालाई सम्बोधन गर्दै कोइरालाले बाह्रबुँदे हस्ताक्षर गरेका राजनीतिक दल नै लोकतन्त्रलाई रक्षा गर्ने...
काठमाण्डु, २४ माघ– सुन्धारास्थित लुम्बिनी होटेलमा माघ २२ गतेदेखि बस्दै आएका भारत झारखण्डका ४५ वर्षीय श्रीनिवास रावलाई नक्कली नेपाली नोटसहित प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–२० परोपकार भिमसेनस्थानस्थित अन्जु कस्मेटिक पसलमा सामान खरीद गर्दा नक्कली रूपैयाँ दिएको भनी पसल मालिकले प्रहरीमा खबर...
वीरगञ्ज, २४ माघ– धर्म निरपेक्ष बिरुद्ध संघर्ष समिति पर्साले सरकार र संबिधानसभाबाट नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउन दबाव स्वरुप आज पनि धर्ना तथा हस्ताक्षर अभियान कार्यक्रम जारी राखेको छ । बुधबारदेखि पर्साको गहावा माईको मन्दिर अगाडी सुरु भएको धर्ना तथा हस्ताक्षण अभियान आज चौथो...
विराटनगर,२४ माघ- सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले प्रतिपक्षले आफहरुले जे भनेको सोहीमा सहमति हुनुपर्ने पुरानो सोचाइलाई त्यागेर अगाडि बढेमा सहमतिको बाटो खुल्ने स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै रिजालले देशको हितलाई सम्झेर प्रधानमन्त्री सुशील कोइराला सहमतिमा संविधान जारी...
काठमाण्डु, २४ माघ– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान संविधानसभाले युगौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गर्न नसक्ने हुँदा त्यसलाई विघटन गर्नुपर्ने बताएका छन् । उनले आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, मधेसीलगायत उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी संविधान जारी गर्नुपर्ने बताए । भागवत्नरसिंह प्रधानद्वारा...
काठमाण्डु,२४ माघ– शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउन लोकतन्त्र,सङ्घीयता समावेशीताजस्ता परिवर्तनका एजेन्डालाई संस्थागत गर्न छिटोभन्दा छिटो संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प नरहेको बताएको छ । कानुन व्यवसायी, पत्रकार, इन्जिनियर, चिकित्सक,प्राध्यापक तथा शिक्षकका लागि नेतृत्वदायी पेसागत सङ्गठन र तिनको...
पोखरा,२४ माघ– उपराष्ट्रपति परमानन्द झाले युवा–युवती देश छोडेर कामका लागि बिदेसिनुले मुलुकका लागि भयावह समस्याको स्थिति उत्पन्न गराएको बताएका छन् । पोखरा उपमहानगरपालिका–१४ चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमी उच्च माध्यमिक विद्यालयको १५ औँ अभिभावक दिवस तथा नवनिर्मित भवको उद्घाटन गर्दै उनले सो कुरा बताएका...
दाङ, २४ माघ– दाङको तुलसीपुरमा १८ दिनदेखि हराएका दुई युवती मृत फेला परेका छन् । १८ दिनअघिदेखि बेपत्ता भएका किशोरी तुलसीपुर–११ बटवलपुरको मायालु सामुदायीक बनमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मृत फेला पर्नेमा सल्यानसिनाबाङ–३ की १७ वर्षीया सुनिता भण्डारी र...