माघ ८ मा संविधान नआउनु दुःखद्ः राणा

काठमाण्डु टुडे २०७१ माघ २४ गते १२:२१ मा प्रकाशित

Pashupati-Shumsere-JBR-w
काठमाण्डु,२४ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले माघ ८ मा संविधान नआउनु देश र जनताका लागि दुःखद भएको बताएका छन् । राप्रपा धादिङ–काठमाण्डु सम्पर्क मञ्चले आयोजना गरेको २५५१ औँ सोनाम ल्होसारको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दे उनले सो कुरा बताएका हुन् । सङ्घीयतामा विवादित रहेका पाँच जिल्लाको विवाद थाती राखेर भएपनि देशलाई निकास दिनुपर्ने राणाले बताए ।

उनले संविधान निर्माणमा प्रक्रिया अघि बढिसकेको भन्दै विपक्षीलाई आन्दोलनमा जानुभन्दा सहमतिमा आउन आग्रह गरे ।

राप्रपाका महामन्त्री बुद्धिमान तामाङले बहुभाषी,बहुधार्मिक,बहुसांस्कृतिक देश नेपाल भएकाले अब बन्ने संविधानमा आदिवासी र जनजातिका हक अधिकारलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा सहायक महामन्त्री मोहन पाठक,विन्दु पहाडी,सभासद् पर्शुराम तामाङलगायतले सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us